अहिले तरंगमा

Songs & Add

केहि छिनमा

Aandhikhola Khabar

समाचार

स्ववियू वालिङ क्याम्पसद्धारा नगरस्तरीय हाँजिरिजवाफ प्रतियोगिता

news

 
रेडियो आँधीखोला 
वालिङ, २० साउन ।
स्वतन्त्र विद्यार्थी युनियन वालिङ बहुमुखी क्याम्पसले नगरस्तरीय हाँजिरिजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञान संगै बाह्य ज्ञान पनि आवश्यक पर्ने भन्दै स्ववियुले शुक्रबार क्याम्पसमा प्रतियोगिता सम्पन्न गरेको हो । कार्यक्रममा वालिङ नगरपालिका प्रमुख प्रशासकिय अधिकृत तेजराज शर्माले अतिरिक्त क्रियाकलापले विद्यार्थीको ज्ञानमा वृद्धि गर्ने भन्दै स्ववियूले समय समयमा यस्ता क्रियाकलापको आयोजनालाई निरन्तरता दिनुपर्ने बताउनुभयो । 
आजका विद्यार्थी नै भोली देशको नतृत्व गर्ने व्यक्ति भएकाले किताबी ज्ञानसंगै समम्र देशको वस्तुस्थिति, सामान्य ज्ञान, देशको राजनितिक, आर्थिक, सामाजिक लगायत ऐतिहासिक ज्ञान पनि हाँसिल गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा क्याम्पस संचालक समिति अध्यक्ष हुमकान्त कोईराला, वालिङ बहुमुखी क्याम्पस प्रमुख युवराज पाठक, क्याम्पस प्राध्यापक संघका अध्यक्ष यामबहादुर कुँवरलगायतले स्ववियुले यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो । 
प्रतियोगितामा वालिङ बुहुमुखी क्याम्पस स्नातक तह प्रथम, वालिङ क्याम्पसकै प्लस टु तह द्धितिय र पुर्णामृत भवानी मावि तृतिय भएका छन् । कार्यक्रम स्ववियू कार्यबहाक सभापति युवराज तिवारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन सचिव राजिन कुँवर र स्वागत सदस्य डिला भुषालले गर्नुभएको थियो । 
प्रतियोगितामा वालिङ बहुमुखी क्याम्पसका स्नातक तह, प्लस टू तह, पुर्णामृत भवानी मावि, नेपाल आर्दश क्याम्पस, राष्ट्रिय मावि, पिसजोन इन्टीग्रेटेड, आँधीखोला बहुप्राविधिक शिक्षालय, सगरमाथा बोर्डिङ स्कूल, रणविर जनहित मावि, पायोनियर्स हायर एजुकेशनल एकेडेमी गरी १० विद्यालय समुहको सहभागिता रहेको थियो । कार्यक्रममा स्ववियू कार्यबहाक सभापति तिवारीले हरेक महिना यस्ता प्रतियोगिताको आयोजना गर्दै जाने बताउनुभयो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...