समाचार
नेविसंघ भिरकोट द्वारा एसईईमा उतिर्ण विद्यार्थीहरूलाई सम्मान, नेविसंघ पुतलीबजारद्धारा एसइई उत्तिर्ण बिद्यार्थीलाई करियर काउन्सिलिङ्
रेडियो आँधीखोला
वालिङ, २१ साउन ।
नेपाल विद्यार्थी संघ भीरकोटले २०७९ सालको एसईईमा उतिर्ण विद्यार्थीलाई बधाई तथा सम्मान गरेको छ । कार्यक्रममा भीरकोट नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले अनुशासित र जिम्मेवार भएर अध्ययनलाई प्राथमिकता दिन अनुरोध गनुभयो । कर्तव्यनिष्ट भएमा मात्र सहज रूपमा जिवनमा सफलता प्राप्त गर्न सकिने बताउँदै नगर प्रमुख कर्माचार्यले समाज र देशलाई योगदान दिन सक्ने गरि अध्ययनमा जुट्न विद्यार्थीहरूलाई सुझाव दिनुभयो ।
शनिबार सम्राट सदनमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा निवर्तमान नगर प्रमुख छायाराम खनाल, महिला नेतृ सुनिता उच्चै ठकुरी, नेपाली काँग्रेस भीरकोटका सभापती यामप्रसाद अधिकारी (लक्ष्मण), युवा नेता सुनिलबाबु चापागाईंलगायतका व्यक्तित्वहरूले क्भ्भ् उतिर्ण विद्यार्थीहरूलाई बधाई एवं शुभकामना व्यक्त गरेका थिए।
आयोजक नेपाल विद्यार्थी संघ भीरकोटका सभापती लक्ष्मण अधिकारीले सम्मानित विद्यार्थीलाई बधाई एवं शुभकामना व्यक्त गर्दै असल, सफल र चरित्रवान विद्यार्थी भएर अध्ययन कर्ममा जुट्न अनुरोध गर्नुभयो ।
उता नेविसंघ पुतलीबजार नगर कार्यसमितिले यसबर्ष एसइई (माध्यमिक शिक्षा परीक्षा) उत्तिर्ण बिद्यार्थीलाई करियर काउन्सिलिङ् सहित सम्मान गरेको छ । कार्यक्रममा बोल्दै कांग्रेसका क्षेत्रीय सभापति एवं नगर प्रमुख तुलसीराम रेग्मीले सबै बिद्यार्थीलाई अध्ययनले नै मानिसलाई असल बनाउने जनाउदै एसइइपछिको यस्ता कार्यक्रमले बिद्यार्थीलाई आफनो अध्ययनको मार्ग खुलाउने बताउनु भयो । उहाले कसैका दवाव र प्रभावमा नपरीकन आफना क्षमता र रुचीलाई ध्यान दिदै शिक्षा आर्जन गर्न समेत सुझाव दिनुभयो ।
उहाले एसइइ उत्तीर्ण बिद्यार्थीलाई बधाई सहितको सम्मान ब्यक्त गर्दै नगरपालिका शिक्षा क्षेत्रको सुदृढीकरणमा लागीपरेको बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य कुमबहादुर गुरुङ, महासमिति सदस्य एवं उपप्रमुख देवी अर्याल, महासमिति द्धय तारा मल्ल र अनुप श्रेष्ठ, जिल्ल सहसचिव धुवबन्धु पौडेल, क्षत्रेीय सचिव मनोज मल्ल, पुतलीबजार नगरसभापति सुरज अधिकारी, वडा सदस्य बिष्णुकुमार श्रेष्ठ, नेपाल बिद्यार्थी संघ जिल्ला अध्यक्ष गौरब प्रधान, त्रिभुवन बहुमुखी क्याम्पस प्रमुख बाबुकुमार सिग्देल, त्रिभुवन नमूना आर्दश माध्यमिक बिद्यालयका प्रधानाध्यापक मुक्तिप्रसाद रेग्मी लगायतले शुभकामना सहित सम्मान गर्नुभएको थियो ।
पुतलीबजार नगरसभापति सविन रेग्मीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेविससंघ इकाई सभापति आदर्श ढकालले स्वागत एवं महादेव क्षेत्रीले संचालन गर्नुभएको थियो ।