अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

नेपाली काँग्रेस स्याङ्जाका तत्कालिन सभापति स्व. पङ्गेनीको स्मृतिमा बयघारीमा स्मृति सभा

news

 
रेडियो आँधीखोला 
वालिङ, २१ साउन ।
नेपाली काँग्रेस स्याङ्जाका तत्कालिन सभापति एवं संविधान सभा सदस्य स्व. कमल प्रसाद पङ्गेनीको पाँचौ स्मृति सभा गरिएको छ । नेपाली काँग्रेस भीरकोट नगर कार्यसमितिको आयोजनामा बयरघारीमा शनिबार स्मृति सभा गरिएको हो । 
स्मृती सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेस गण्डकी प्रदेश उपसभापति पुर्व मन्त्री मेखलाल श्रेष्ठले संगठन र विकास निर्माणलाई प्राथमिकता दिन सकेमा मात्र विकासप्रेमी नेता स्व. पङ्गेनीप्रती सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो । स्व. पङ्गेनीको गुणगान गाउनु भन्दा पनि उहांको इच्छा र चाहना अनुसार स्वच्छ, सुसंस्कृत , सभ्य, आत्मनिर्भर र समृद्ध समाजको निर्माण लाग्नुपर्ने श्रेष्ठको भनाई छ।
नेपाल तरूण दल स्याङ्जाका सभापती एवं पूर्व प्रदेश सभा सदस्य भागवत प्रकाश मल्लले स्व. पङ्गेनी एक कुशल राजनीतिक सहयात्री भएको स्मरण गर्नुभयो । त्यस्तै नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले कमल पङ्गेनीको योजना र सपना अनुरूप भीरकोटको विकासमा एकजुट भएर लागेमा मात्र स्व. पङ्गेनीप्रती सच्चा श्रद्धाञ्जली बताउनुभयो । नगर प्रमुख कर्माचार्यले स्व. पङ्गेनीको सम्झनामा बयरघारी मोहनडाँडा सडकलाई कमल पङ्गेनी मार्ग नामाकरण गर्न लागिएको जानकारी दिनुभयो । कार्यक्रममा निवर्तमान नगर प्रमुख छायाराम खनालले स्व. पङ्गेनीले परिवारलाई भन्दा पार्टी र राजनीतिलाई पहिलो प्राथमिकता दिएको स्मरण गर्नुभयो । 
स्मृती सभामा नेपाली काँग्रेस भीरकोटका निवर्तमान नगर सभापति तोयनाथ अर्याल, नेविसंघ नेता हेमप्रकाश गुरूङ, नेपाल तरूण दल भीरकोटका सभापती राजकुमार गुरूङ, युवा नेताहरू दिपेन्द्र के.सी., रामकृष्ण अर्याल, शेषकान्त खनाल, पिताम्बर श्रेष्ठ , नगर उपप्रमुख भगवती रेग्मी अर्याल, निवर्तमान नगर उपप्रमुख सिमा के.सी.कर्माचार्य, स्व. पङ्गेनीका दाजु लिलाप्रसाद पङ्गेनी, भीरकोट नगर उपसभापति जगदीश प्रसाद कोइरालाले आफ्नो मन्तव्य राखेका थिए । स्व. पंगेनीको समाजसेवाको अभियानलाई पूर्णता दिन “कमल पंगेनी स्मृति प्रतिष्ठान“ को पुनर्गठन गरी यसका गतिविधिलाई जनताले अनुभूति गर्ने गरी संचालन गर्नुपर्ने काँग्रेस भीरकोट नगर सभापति याम प्रसाद अधिकारी (लक्ष्मण) ले बताउनुभयो । 
सभापती अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत उपसभापति विष्णुमाया काफ्लेले  गर्नुभएको थियो भने संचालन सचिव ताराप्रसाद अर्यालले गर्नुभएको थियो । ३६ सालदेखी विद्यार्थी आन्दोलनबाट नेपाली काँग्रेसको राजनीतिमा लाग्नुभएका लोकप्रिय नेता स्व. पङ्गेनीको २०७५ साउन २० गतेका दिन हृदयघातका कारण निधन भएको थियो।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...