अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

आँखा पाक्ने समस्याबाट सुरक्षित रहन भीरकोट नगरको अनुरोध

news

 
रेडियो आँधीखोला 
वालिङ, २४ साउन । 
भीरकोट नगरपालिकाले देशका विभिन्न जिल्लाहरुमा आँखा पाक्ने रोग फैलिरहेको भन्दै आफ्ना नगरबासीलाई सचेत तथा सतर्क रहन आग्रह गरेको छ । नगरपालिकाले एक सूचना प्रकाशित गर्दै देशका विभिन्न जिल्लहरुमा भाईरल कन्जंक्टिभाईटिस अर्थात आँखा पाक्ने समस्या देखिएकाले सतर्क रहन आग्रह गरेको हो । 
भीरकोट नगरपालिका प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुंगानाद्धारा हस्ताक्षरित सूचनामा आँखा रातो हुने, चिलाउने, आँखाबाट आसु बगिरने कचेरा तथा चिप्रा लाग्ने, आँखाको ढकनी रातो हुने सुनिने, आँखा विझाउने, दुख्ने, घाममा वा उज्यालोमा हेर्न गाह्रो हुने जस्ता लक्षण देखिएमा तुरुन्त स्वासथ्य संस्थामा जाँच गराई स्वास्थ्यकर्मीको सल्लाह अनुसार औषधी प्रयोग गर्न आग्रह गरिएको छ । 
यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्ने भएकाले संक्रमित व्यक्तिको नजिक नजाने, संक्रमित भिडभाडमा नजाने, संक्रमित व्यक्तिले प्रइोग गरेका सामानहरु जस्तै रुमाल, सिरानी तन्न प्रयोग नगर्ने, तथा जथाभावी आँखा नछुने, आँसु पुछ्नु परेमा छुनु अगाडि र छोईसकेपछि राम्रोसंग् साबुन पानीले हात धुने, व्यक्तिगत सरसफाईमा ध्यान दिने जस्ता उपाय अपनाएमा यो रोग अर्थात आँखा पाक्ने रोगबाट बच्न सकिन्छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...