अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

२९ औँ विश्व आदिवासी दिवस तथा २४ औँ फोनिज स्थापना दिवसमा वालिङमा दिप प्रज्वलन

news

 
रेडियो आँधीखोला
वालिङ, २५ साउन ।
“आफूले निर्धारण गरेअनुरुपको परविर्तनको संवाहक आदिवासी युवाहरू” भन्ने नाराका साथ  २९ औँ विश्व आदिवासी दिवस मनाईएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज स्याङ्जा साखाले २९ औँ विश्व आदिवासी दिवस तथा २४औँ फोनिज स्थापना दिवस दिप प्रज्वलन गरी मनाईएको हो । 
वालिङ ८ मिर्दिमा आयोजित दिप प्रज्वलन कार्यक्रमका अवसरमा फोनिज स्याङ्जाका सल्लाहकार गोपाल जिटिले आदिवासी जनजातिको उत्थानका निमित्त संविधानमा प्रदत्त अधिकारहरुको कार्यान्वयन गर्नका लागी फोनिजले महत्वपुर्ण भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । 
साथै सल्लाहकार जिटिले आफ्नै मौलिक भाषा, संस्कृति, भुेषभुषा भएको आदीबासी जनजाति समुदायको संस्कारलाई जिवन्त राख्न फोनिजको कलम चल्नुपर्ने बताउनुभयो । आदिवासी जनजातिको राम्रा, सकरात्मक परम्परा र मौलिकतालाई जोगाउँदै युवाहरुलाई अगाडि बढाउन फोनिज प्रतिवद्ध भएर लागिपर्ने फोनिजका अध्यक्ष तिलक गुरुङले बताउनुभयो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...