समाचार
वालिङ साना सहरी खानेपानीमा कोलिफर्म छैन
रेडियो आँधीखोला
वालिङ, २५ साउन ।
वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ ८ वितरित पानीमा कोलिफर्म नभएकाले उपभोक्तालाई ढुक्कसंग पानी उपभोग गर्न संस्थाले आग्रह गरेको छ । संस्थाका कार्यालय प्रमुख देवबहादुर बोगटीका अनुसार गत वर्ष जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाले गरेको नमुना परिक्षणमा वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको ३ ओटा स्रोतबाट जम्मा भएको टयांकी, र उपभोक्ताको धारा गह्रौँ प्राथामिक अस्पतालबाट लिईएको नमुना परिक्षणमा कोलिफर्म जिवाणु नभेटिएकोले उपभोक्तालाई ढुक्क भएर पानी उपभोग गर्न आग्रह गरेको हो ।
संस्थाले क्रियाशीमा दुई स्रोत, रामबाच्छामा दुई स्रोत, वालिङमा ३ स्रोत र भकुण्डेमा ३ स्रोत गरी १० ओटा स्रोतबाट पानी संकलन गरी वालिङ बजार तथा आसपासमा ३५०० उपभोक्ताहरुलाई सहज खानेपानी वितरण गरिरहेको छ । संस्थाले हरेक दिन पानीमा धमिलोपन, पिएच, क्लोरिनलगायतका ५ तत्व मापन गरी उपभोक्ताहरुलाई पानी वितरण गर्दै आएको छ । कोलिफर्मको मात्रा हरेक महिनामा परिक्षण गर्दै आएको संस्थाले जनाएको छ । संस्थाले पानीमा क्लोरिनेसन गरेर उपभोक्ताकोमा पठाउँदै आएको भन्दै ढुक्क भएर पानी उपभोग गर्न आग्रह गरेको हो ।