अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

एसईईको पुरक (ग्रेडवृद्धि) मा स्याङ्जाका एक हजार ९६२ विद्यार्थी सहभागी हुदै

news

 
रेडियो आँधीखोला 
वालिङ, २६ साउन ।
शुक्रबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा पुरक (ग्रेडवृद्धि) मा स्याङ्जाका  एक हजार ९६२ सहभागी हुने भएका छन्। शुक्रबार र शनिबार हुने परीक्षाका लागि सदरमुकामस्थित पुतलीबजार र वालिङ नगरपालिकामा परीक्षा केन्द्र तोकिएका शिक्षा विकास तथा समन्वय अधिकारी विश्वराज आचार्यले जानकारी दिनुभयो । ‘यस वर्ष आँखा पाक्ने रोगको संक्रमण दिनप्रतिदिन बढ्ने क्रम जारी छ भने, अर्कोतर्फ, टाढा टाढाबाट परीक्षा दिन आउने परीक्षार्थीलाई सदरमुकामसम्म आउन कठिनाइ देखिएकाले दुई पालिकामा केन्द्र तोकेका उहाले जानकारी दिनुभयो । 
यसअघिका परीक्षा भने पुतलीबजारमा मात्र हुने गर्थ्यो । यसपटक माथिल्ला भेगका पालिकाहरू फेदिखोला, आँधीखोला, पुतलीबजार, भीरकोट, अर्जुनचौपारी, बिरुवा, हरिनासका विद्यार्थी पुतलीबजारमा परीक्षा केन्द्र तोकिएको छ। यसैगरी तल्ला भेगका वालिङ, गल्याङ, चापाकोट र कालीगण्डकीका विद्यार्थीलाई वालिङमा परीक्षा केन्द्र तोकिएका हुन । पुतलीबजारमा त्रिभुवन आदर्श मा.वि र स्याङ्जा आवासिय माध्यमिक बिद्यालयमा परिक्षा केन्द्र छ । वालिङ् स्थित पायनियर्श आवासिय माध्यमिक बिद्यालय र पूर्णामृत भवानी माध्यमिक बिद्यालयमा  परिक्षा केन्द्र छ । शुक्रवार हुने परिक्षामा एक हजार १७४ र शनिवार हुनेमा ७ सय ८८ परिक्षार्थी सहभागी हुने भएका छन ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...