अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

भीरकोट ८ मा शिशु स्वागत र सुत्केरी परामर्श कार्यक्रम शुरु

news

 
रेडियो आँधीखोला 
वालिङ, २६ साउन ।
भीरकोट नगरपालिका वडा नं. ८ मा शिशु स्वागत र सुत्केरी परामर्श कार्यक्रम शुरु भएको छ । वडा कार्यालयले नयाँ आर्थिक वर्षबाट यो कार्यक्रमको शुरुवात गरेको हो । मातृशिशु स्वास्थ्यलाई दृष्टिगत गर्दै वडाले वडाभित्रका सुत्केरीहरुको पोषणका लागी कुखुराको भाले सहित सुत्केरी भेटघाट कार्यक्रमको शरुवात गरेको वडा अध्यक्ष नन्दलाल खनालले बताउनुभयो । सुत्केरी महिलाको घरमै पुगेर नवराज शिशुको स्वास्थ्य जाँच गर्ने, सुत्केरी आमालाई पोषणको लागी कुखुराको भाले हस्तान्तण गर्ने कार्य विहिबारदेखि शुरु भएको छ । विहिबार वडाको माझखर्क टोलका कुसुम खनाल र शालीकोषकी सावित्रा सुनारको घरमै पुगेर शिशु स्वागत तथा सुत्केरी परामर्श गरिएको हो । 
वडाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुको टोली सहित खनाल र सुनारको घरमै पुगेर शिशुको स्वास्थ्य जाँच गरी पोषणका लागी भाले हस्तान्तरण गरिएको वडा अध्यक्ष खनालले बताउनुभयो । वडा अध्यक्ष खनालले भन्नुभयो,“सुत्केरी महिलाहरु सामान्यत कुनामा बस्नुपर्ने, भुँईमा सुत्नुपर्ने हाम्रा रुडीबादी परम्पराहरु छन् । त्यस्ता परम्पराहरुलाई चिर्दै आमा र बच्चाको स्वास्थ्यका लागी यो कार्यक्रम शुरु गरेको हौँ ।” 
शिशु गर्भमा बसेदेखि नै नियमित चेकजाँच गर्ने, पोषिलो खानेकुरा खाने साथै सुत्केरी भईसकेपछि पनि नवजात शिशुको स्वास्थ्य अवस्था जाँच गर्ने, सुत्केरी परामर्श गर्ने यो कार्य जिल्लामै पहिला भएको वडा अध्यक्ष खनालको दावी छ । सुत्केरी भएको घरका परिवारसंग परामर्श गरी सुत्केरी महिलाको स्वास्थ्यका लागी पोषणमा ध्यान दिन आग्रह गर्दै शिशुलाई आवश्यक खोपहरु प्रदान गर्नका लागी आग्रह समेत गरिएको छ । 
सुत्केरीलाई सफा र प्रशस्त अक्सिजन प्राप्त गर्ने कोठामा राख्नुपर्ने, सुत्केरी आमाको पोषण, ६ महिना सम्म आमाको दुध खुवाउने, ३५ दिनभित्रै जन्मदर्ता गराउनेलगायतका शिशु आहारका विषयमा समेत स्वास्थ्यकर्मीले परामर्श दिएका छन् । कार्यक्रमको शुरुवातमा वडाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वयंमसेविका, आमा समुहका प्रतिनिधि, पार्टीका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...