अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

आखाँ पाक्ने रोगको जोखिम कम गर्न पुतलीबजार, भीरकोट, गल्याङका विद्यालय बन्द

news

 
रेडियो आँधीखोला 
वालिङ, २७ साउन ।
स्याङ्जामा आँखा पाक्ने रोग देखिएपछि यहाँका विद्यालयहरु बन्द गरिएका छन् । जिल्लाको सदरमुकाम पतुलीबजार र भीरकोटमा पनि आँखा पाक्ने रोग नियन्त्रणका लागी विद्यालय बन्द गरिएको हो । पुतलीबजार नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत बाबुराम बरालद्धारा हस्ताक्षरित सूचनामा आँखा पाक्ने रोगको संक्रमण तीव्र गतिमा फैलिरहेकाले यही साउन ३१ गतेसम्म विद्यालय बन्द गरिएको उल्लेख छ । 
संक्रमण फैलन नदिनका लागी संक्रमणको चक्रलाई छुटाउन तथा शिक्षक विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै यही साउन ३१ गतेसम्मका लागी सामुदायिक तथा संस्थागत विद्यालय बन्द गरिएको उल्लेख छ । त्यस्तै यता भीरकोट नगरपालिकाले पनि साउन ३२ गतेसम्म विद्यालय बन्द गरेको छ । रोगको संक्रमण दर फैलन नलिनका लागी ५ दिन विद्यालय बन्द गरिएको नगरपालिका प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुंगानाले जानकारी दिनुभयो । 
यसरी बन्द गरिएको  विदा विद्यालयहरुले आफ्नो वर्षे, हिउँदे, स्थानीय विदाबाट कट्टी गर्नुपर्नेछ । यसअघि वालिङले शुक्रबारदेखि विदा दिइसकेको छ । त्यस्तै गल्याङ् नगरपालिकाले पनि साउन ३० गतेसम्म विद्यालय बन्द गरेको छ । यही साउन २८ देखि ३ दिन ३० गतेसम्म विद्यालय बन्द गरेको हो । साथै यो रोग नदेखिएका विद्यालयहरुले भने निरन्तर पठनपाठन गराउन सक्ने समेत जनाएको छ । 
आँखा रातो हुने, चिलाउने, आँखाबाट आसु बगिरने कचेरा तथा चिप्रा लाग्ने, आँखाको ढकनी रातो हुने सुनिने, आँखा विझाउने, दुख्ने, घाममा वा उज्यालोमा हेर्न गाह्रो हुने जस्ता लक्षण देखिएमा तुरुन्त स्वासथ्य संस्थामा जाँच गराई स्वास्थ्यकर्मीको सल्लाह अनुसार औषधी प्रयोग गर्न स्वास्थ्य कर्मीले आग्रह गरेका छन् । 
यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्ने भएकाले संक्रमित व्यक्तिको नजिक नजाने, संक्रमित भिडभाडमा नजाने, संक्रमित व्यक्तिले प्रयोग गरेका सामानहरु जस्तै रुमाल, सिरानी तन्न प्रयोग नगर्ने, तथा जथाभावी आँखा नछुने, आँसु पुछ्नु परेमा छुनु अगाडि र छोईसकेपछि राम्रोसंग साबुन पानीले हात धुने, व्यक्तिगत सरसफाईमा ध्यान दिने जस्ता उपाय अपनाएमा यो रोग अर्थात आँखा पाक्ने रोगबाट बच्न सकिन्छ । 
यसैबीच स्याङ्जामा आँखा पाक्ने रोगको सङ्क्रमण बढ्दै गएको छ । जिल्ला आँखा उपचार केन्द्र वालिङमा आँखा पाक्ने समस्या लिएर आउने बिरामी बढ्दै गएको केन्द्रले जनाएको छ । जिल्ला आँखा उपचार केन्द्र वालिङका प्रमुख तेज गुरुङले आँखाको पाक्ने समस्या लिएर दैनिक ३० देखि ३५ जना बिरामी केन्द्रमा आउने गरेको जानकारी दिनुभयो । यस्तै, जिल्ला अस्पतालमा रहेको आँखा उपचार कक्षमा पनि दैनिक आँखा पाकेर आउने बिरामीको सङ्ख्या धेरै छ ।
आँखा सहायक अस्मिता लामिछानेका अनुसार दैनिक १२ देखि १५ जना बिरामी आँखा पाक्ने समस्या लिएर आउने गरेका छन् । यस्तै, चापाकोट नगर अस्पतालमा रहेको आँखा उपचार कक्षमा पनि बिरामीको समस्या दैनिक बढिरहेको छ । अस्पतालमा आउने आँखाको समस्यामध्ये आधाभन्दा धेरै आँखा पाक्ने समस्या लिएर आउने गरेका नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिन्दु कोइरालाले जानकारी दिनुभयो ।
अस्पतालमा दैनिक ३० भन्दा धेरै बिरामी आँखाको समस्या लिएर आउने गरेका कोइरालाको भनाइ छ । आँखा पाक्ने समस्याको उपचारका लागि विद्यालयमा अध्ययनरत बालबालिका, युवा तथा प्रौढहरू बढी आउने गरेको स्वतथ्यकर्मीको भनाइ छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...