अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

भेषजराज साहित्य प्रतिष्ठान वालिङको नियमित रचना वाचन

news

 
रेडियो आँधीखोला 
वालिङ, २८ साउन ।
भेषजराज साहित्य प्रतिष्ठान वालिङ स्याङ्जाले आफ्नो नियमित रचना वाचनको ६३ औं शृङ्खला सम्पन्न गरेको छ । प्रतिष्ठानले वालिङ ८ भीमटारीस्थित पिरामिड कुटीमा  शनिबार नियमित रचना वाचनको ६३ औं शृङ्खला आयोजना गरेको हो ।
कार्यक्रममा नेपाली लेखक संघ स्याङ्जाका अध्यक्ष तथा कवि मिलन समिरले भेषजराज साहित्य प्रतिष्ठानले नियमित रचना वाचनसहित साहित्य सिर्जनामा उल्लेखनीय भूमिका खेलेको बताउनुभयो । 
 
नियमित रचना वाचन कार्यक्रम मार्फत सिर्जनशीलताका साथै वाचन कलाको विकासमासमेत टेवा पु¥याएको लेखक संघका अध्यक्ष तथा कवि समिरले उल्लेख गर्नुभयो । लेखन कला रहर र करले हुने होइन, स्वतःस्पूmर्तरुपमा मनमा सिर्जना हुने कुरा हो । समाजमा भएका विकृति र विसंगतिलाई उजागर गर्नुकासाथै लेखन कला र बौद्धिक विकासमासमेत टेवा पु¥याउने उहाँले औंल्याउनुभयो । हाम्रो जीवनशैली र समाजसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले आ—आफ्ना इच्छा अनुसारका सिर्जनालाई लिपीवद्ध गर्न उहाँले आग्रह गर्नुभयो ।
 
कार्यक्रममा हरि अर्याल, विशाल ज्ञवाली, शिव अर्याल, दमकला बगाले, श्याम अर्याल, शङ्कर रेग्मी, कमल बगाले, केशवन्धु आचार्यलगायतले आ—आफ्ना रचना वाचन गरेका थिए । यसैगरी डा. अच्युतशरण अर्यालद्वारा लिखित “प्राकृतिक जीवनशैली” नामक पुस्तकको चर्चापरिचर्चासमेत गरिएको थियो । पुस्तकको चर्चा गर्दै नेपाल आदर्श क्याम्पसका निर्देशक दिपक लम्सालले जीवन के हो ? जीवन र प्रकृतिको सम्बन्ध, प्राकृतिक जीवनशैलीको महत्व र प्राकृतिक उपचार विधिका बारेको शुक्ष्म खोजसहितका गहन विषय पुस्तकमा समेटिएको बताउनुभयो ।
 
प्रतिष्ठानका सदस्य एवम् कवि लेखनाथ काफ्लेको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन सचिव श्याम ढुङ्गानले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...