समाचार
घरेलू तथा पर्यटन कार्यालय स्याङ्जाबाट प्रवाह हुने सेवा सम्बन्धमा व्यवसायीहरुबीच वालिङमा छलफल तथा अन्र्तक्रिया
रेडियो आँधीखोला
वालिङ, २८ साउन ।
घरेलू तथा पर्यटन कार्यालय स्याङ्जाबाट प्रवाह हुने सेवा सम्बन्धमा व्यवसायीहरुबीच छलफल तथा अन्र्तक्रिया वालिङमा सम्पन्न भएको छ । वालिङ उद्योग वाणिज्य संघको आयोजनामा शनिबार छलफल तथा अन्र्तक्रिया गरिएको हो । कार्यक्रममा कार्यालयका प्रमुख ठाकुरप्रसाद ढकालले घरेलु तथा पर्यटन कार्यालयमा व्यवसायीक फर्म दर्ता, नवीकरणलगायतका विषयमा व्यापारी तथा व्यवसायीहरुलाई प्रकाश पार्नुभयो ।
समयमै आफ्ना व्यापारीक फर्महरुको नवीकरण तथा दर्ता गर्न आग्रह गर्दै प्रमुख ढकालले घरेलु तथा पर्यटन उद्योगमा पनि आफ्नो फर्म दर्ता तथा समय समयमा नविकरण गर्नुपर्ने विषयमा सहजीकरण गर्नुभएको थियो भने कार्यालयका कम्प्युटर अपरेटर कृष्ण लम्सालले समयमै नविकरण नगरेमा लाग्ने जरीवानाको विषयमा सहजीकरण गर्नुभएको थियोे ।
व्यपारीहरुका लागी आवश्यक ऐन, नियम, कर, दर्ता नविकरणलगायतका विषयमा जानकारी दिने उद्देश्यले यो कार्यक्रम गरिएको भन्दै सजग र सचेत भई आफ्नो व्यापार तथा व्यवसायलाई अगाडि बढाउँदै लैजान उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले आग्रह गर्नुभयो ।
संघका अध्यक्ष चेतनारायण श्रेष्ठको अध्यक्षतामा, बरिष्ठ उपाध्यक्ष अनुपमा ढुङ्गाना तिवारीको स्वागत मन्तब्य सँगै शुरुभएको कार्यक्रममा संघका पूर्व अध्यक्ष एवम् पूर्व अध्यक्ष मञ्चका संयोजक पुण्यप्रसाद अर्यालले शुभकामना मन्तव्य दिनुहुँदै ब्यवसायीले भोग्नुपरेका समस्याहरुलाई तीतो यथार्थको रुपमा ब्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन महासचिव रमेश अर्यालले गर्नुभएको थियो भने धन्यवाद ज्ञापन सहित कार्यक्रमको समापन संघका उपाध्यक्ष खगेन्द्रप्रसाद अर्यालले गर्नुभएको थियो । वालिङ क्षेत्रका ५० जना भन्दा बढी उद्योगी ब्यापारी ब्यवसायीहरु तथा उद्यमी महिलाहरुको सक्रिय सहभागिता रहेको थियो ।