अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

स्याङजालाई क्रिकेट खेलबाट चिनाउनु पर्ने ः प्रदेश सांसद पौडेल

 
रेडियो आँधीखोला 
वालिङ, २९ साउन ।
गण्डकी प्रदेश सांसद सुधिर पौडेलले स्याङ्जालाई क्रिकेट खेलबाट चिनाउनु पर्ने बताउनु भएको छ । स्याङ्जा जिल्ला क्रिकेट संघको तेस्रो जिल्ला अधिवेशन तथा साधारणसभाको उदघाटन गर्दै उहाले स्याङ्जामा अन्य धेरै खेलहरु खेलिने भएता पनि क्रिकेटलाई प्राथमिकतामा राखेर अघि बढाउनु पर्नेमा जोड दिनुभयो । 
एक वडा एक खेल मैदान आजको आवश्यकता रहेको जनाउदै खेलका माध्यमबाट शारिरीक एवं मानसिक तन्दुरुष्टीका लागि स्थानीय पालिकाहरुले खेलकूद तथा शारिरीक ब्यायामका लागि उपयुक्त वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो । सांसद पौडेलले क्रिकेटका लागि आवश्यक सहयोग गर्ने समेत प्रतिवद्धता जनाउनुभयो । 
कार्यक्रममा प्रतिनिधीसभाका पूर्वसांसद नारायणप्रसाद मरासिनी, क्रिकेट संघ गण्डकी प्रदेश अध्यक्ष देवेन्द्र प्रजु, फेदिखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदी, पुतलीबजार नगरपालिका १ का अध्यक्ष उत्तम श्रेष्ठ, १३ का अध्यक्ष जुद्धबहादुर थापा, वडा सदस्य बिष्णुकुमार श्रेष्ठ, क्रिकेट प्रशिक्षक जगतबहादुर टमाटा, क्रिकेट संघ कास्कीका अध्यक्ष संजय सिग्देल लगायतले स्याङ्जामा क्रिकेट खेलमा सफलता बढ्दै गएकोमा जोड दिनुभयो । क्रिकेट संघ स्याङ्जाका अध्यक्ष दिवाकर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य नारायण तिवारीले स्वागत एवं सचिव बिक्रम तिवारीले संचालन गर्नुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...