अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

त्रिसहिद नमूना माध्यमिक बिद्यालय आँधीखोला गाउँपालिकामा नेविसंघ ईकाई समिति गठन

 
रेडियो आँधीखोला 
वालिङ, २९ साउन ।
स्याङ्जाको आँधीखोला गाउँपालिका १ स्थित त्रिसहिद नमूना माध्यमिक बिद्यालय पञ्चमूलमा नेपाल बिद्याथीं संघ इकाई कार्यसमिति चयन भएको छ । सोही बिद्यालयमा आयोजित बिद्यार्थीहरुको भेलाले मिलन ढकाललाई सभापति चयन गरेका हुन् । समितिको उपसभापतिमा मिलन ढकाल र कुशल ढकाल, सचिवमा रेशम देवकोटा, सहसचिवमा वेलप्रसाद ढकाल, कोषाध्यक्षमा मेलिना ढकाल सहित ३५ सदस्यीय इकाई कार्यसमिति गठन भएको छ । 
निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई वधाई एवं सम्मान ब्यक्त गर्दै नेपाल बिद्यार्थी संघका पूर्व केन्द्रिय उपसभापति एवं कांग्रेस युवा नेता प्रेमराज पौडेल नेपाली कांग्रेसको मेरुदण्डका रुपमा रहेको नेविसंघ बलियो भए मात्र कांग्रेसले सफलता पाउने बताउनुभयो । कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहनु भएका पौडेलले आम नागरिकका लोकतन्त्र र स्वतन्त्रताका लागि लामो प्रयास र आन्दोलन गरेको कांग्रेसको फराकिलो बिचार र चिन्तनको प्रचारप्रसारमा नेविसंघ जुट्नुपर्नेमा जोड दिनुभयो । 
नेविसंघका केन्द्रिय सदस्य एवं त्रिभुवन आर्दश बहुमुखी क्याम्पसका पूर्व स्ववीयू सभापति सुनिल चापागाईले नयाँ र सकारात्मक सोच सहित अघि बढेमा सफलता मिल्ने बताउनुभयो ।अध्ययनले नै मानिसलाई असल बनाउने हुदाँ सबै बिद्यार्थी भाइबहिनीलाई अध्ययनमा जोड दिन उहाले सुझाव दिनुभयो । किशोर पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा अनिल ढकालले स्वागत, इन्द्र रानाभाटले धन्यवाद एवं केशव चापागाईले संचालन गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...