अहिले तरंगमा

केहि छिनमा

समाचार

छायाँक्षेत्र मन्दिरमा पाँचौ तथा अन्तिम सोमबार ढाई लाख बढी आम्दानी

news

 
रेडियो आँधीखोला
वालिङ, ३० साउन । 
स्याङ्जा जिल्लाको प्रसिद्ध ऐतिहासिक मन्दिर छायाँक्षेत्र मन्दिर छाङछाङदीमा साउनको पाचौँ तथा अन्तिम सोमबार उल्लेख्य भक्तजनहरुले मन्दिर दर्शन गरेका छन् । साउन महिनाको सोमबार मन्दिर दर्शन, स्नान तथा पुजापाठ गरेमा आफ्नो परिवारमा राम्रो हुने भएकाले हरेक सोमबार टाढा टाढाबाट बाट समेत समेत भक्तजनहरु मन्दिर दर्शन तथा पुजापाठ गरेका छन् । 
साउन महिना शिव भगवानको महिना भएकाले साउन महिनाभर शिवालयहरुमा जाने शिव भगवानको उपासना गर्ने गरिन्छ भने विशेष गरी सोमबार ब्रत बस्ने मन्दिर जाने गरिन्छ । जिल्लाकै अति पवित्र धार्मिक स्थल मानीने छायाँक्षेत्रमा ५ वटै सोमबार भक्तजनहरुको विषेश उपस्थिति रह्यो भने पहिलो र अन्तिम सोमबार उल्लेख्य भक्तजनले मन्दिर दर्शन गरेका छायाँक्षेत्र मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्वर श्रेष्ठले बताउनुभयो ।। 
श्रावण महिनामा शिवजीको ब्रत वस्दा मनोकाक्षां पुराहुने धार्मिक जनविश्वासका साथ साउन महिनाभरी चोखो खाएर भगवान शिवको उपासना गर्ने गरिन्छ । यसैबीच पाँचौे सोमबारका अवसरमा छायाँक्षेत्र मन्दिर छाङछाङदीमा २ लाख  ७६ हजार ८८ रुपैँया भेटि संकलन भएको छ । मन्दिर व्यवस्थापन समितिका सहसचिव तथा आर्थिक संकलन समिति संयोजक शोभाकान्त पौडेलका अनुसार मन्दिरमा दानपेटिकाबाट ९८ हजार ८८०, भजनमण्डलीबाट ४२ हजार २००, स्टल विक्रिबाट १९ हजार ३००, पार्किङ सेवाबाट ३ हजार ५००, दु्रत मार्गबाट ५ हजार २००, आजिवन सदस्यताबाट ३८ हजार २८० र सहयोग रसिदबाट ६८ हजार ८०८ गरी २ लाख ७६ हजार ८८ रुपैँया भेटि संकलन भएको हो । 
यसरी विभिन्न पर्व विषेशबाट संकलित भेटि तथा रकमले मन्दिर व्यवस्थापन र मन्दिर परिसरमा भौतिक निर्माणमा खर्च गरिँदै आईएको छ । छाँयाक्षेत्र मन्दिरको महिमा श्री स्वस्थानी ब्रत कथामा समेत उल्लेख छ । श्रीस्वस्थानी वर्त कथामा भनिए अनुसार भगवान शिवले पहिलो बिबाह गरेका सतिदेवीको स्वर्गारोहण भएपछि अर्ध पागलको रुपमा सतीदेवीको मृत शरिर लिएर हिड्ने क्रममा गलेको शरिरको अन्तिम अंग खसेको धार्मिक बिश्वासका साथ छायाँक्षेत्र मन्दिरमा विशेष पर्वहरुमा भक्तजनको भिड लाग्ने गर्छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...