अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

नेपाली कांगे्रसको विषेश आन्तरिक अभियान भीरकोटमा सम्पन्न

news

 
रेडियो आँधीखोला
वालिङ, ३० साउन । 
नेपाली कांगे्रसको विषेश आन्तरिक अभियान अन्र्तगत भीरकोट २ सम्राट सदन पार्टी कार्यालयमा सोमबार एक कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांगे्रस भीरकोट नगर कार्य समितिको आयोजनामा आयोजित कार्यक्रममा नेपाली कांगे्रसका गण्डकी प्रदेश सदस्य विन्दुकुमारी श्रेष्ठले केन्द्रिय परिपत्र अनुसार यो विषेश अभियानले पार्टीमा रुपान्तरण र परिमार्जन आउने बताउनुभयो । 
पार्टीलाई मजबुद बनाउँदै नागरिकको समस्यालाई समाधान गरी सबैको प्रिय पार्टी बन्नुपर्ने प्रदेश सदस्य श्रेष्ठको जोड छ । नेपाली कांगे्रसले देशलाई संकटका बेला नेतृत्व गरी देशलाई निकास दिँदै आएको भन्दै वर्तमान गठबन्धनको सरकारले भ्रष्टाचार र बथितिलाई अन्त्य गर्न प्रतिवद्ध भएर लागिपरेको उहाँको भनाई छ ।
कार्यक्रममा गण्डकी प्रदेश सदस्य कुमबादुर गुरुङ, जिल्ला प्रतिनिधि अर्जुनप्रसाद अर्याल, प्रदेश क का सभापति केशरबहादुर खांणधु्रव, नेताहरु छायाराम खनाल, सुनिता उच्चै, गोविन्दकुमार कर्माचार्य, सिमा केसी, इन्दीरा केसी, रामकृष्ण अर्याल, भविश्वर कोईरालालगायतले बोल्नुभएको थियो  । कार्यक्रम नगर सभापति यामप्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो भने स्वागत जगदिश कोईराला र संचालन नन्दलाल खनालले गर्नुभएको थियो भने धन्यवाद विष्णुमाया काफ्लेले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...