अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

पानी पार्ने प्रणाली कमजोर, काठमाण्डौसहित धेरै ठाउँमा घाम लाग्यो

news

 

साउन ३०, काठमाण्डाै  - देशका धेरै ठाउँ तीन दिनपछि घाम लागेको छ । गएको शुक्रवार रातिदेखि देशभर वर्षा भएको थियो ।

आजदेखि भने लगातार पानी पर्ने सम्भावना नरहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार पानी पार्ने प्रणाली कमजोर भएको छ । तत्काललाई ठूलो पानी पर्ने सम्भावना छैन । तर, मनसुनको समय भएकाले केही ठाउँमा हल्कादेखि मध्यम पानी पर्ने सम्भावना भने रहन्छ ।

मनसुनको न्यूनचापीय रेखा नेपाल नजिक हुँदा र भारतको बिहारको उत्तरपश्चिम तथा आसपासमा रहेको न्यूनचापीय प्रणालीको उच्च प्रभाव पर्दा गएको शुक्रवारदेखि आइतवारसम्म लगातार वर्षा भएको थियो । यो प्रणाली कमजोर बन्दा हिजो पनि मौसम बदली भए पनि धेरै ठाउँमा खासै पानी परेको थिएन  ।

पानी पर्न कम भएसँगै नदी तथा खोलामा जलसतह घट्न थालेको छ । यसअघि शुक्रवारदेखिको वर्षाले देशभरका नदी तथा खोलामा बाढी आएको थियो भने तराईका क्षेत्रमा डुबान समेत भएको थियो । यस्तै, पहिरोका कारण विभिन्न सडकमा क्षति पुगेको थियो ।

 

गएको वैशाख १ गतेदेखि अहिलेसम्म बाढी पहिरो तथा हुरीबतासका कारण ५२ जनाको ज्यान गएको छ । पहिरोमा परेर ३९, बाढीमा ११ तथा हुरीबतास र भारी वर्षाका कारण एक/ एक जनाको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...