अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

छाङछाङदी मन्दिर परिसरमा राखिएका घुम्ती बजारमा बरामद गरिएको अखाद्य वस्तु नष्ट

 
रेडियो आँधीखोला
वालिङ, ३१ साउन ।
स्याङ्जाको छायाँक्षेत्र मन्दिर छाङछाङदी मन्दिर परिसरमा राखिएको घुम्ती बजारमा बरामद गरिएको अखाद्य वस्तु नष्ठ गरिएको छ । भीरकोट नगरपालिका वडा नं. ४ छाङछाङदीमा अन्तिम सोमबार गरिएको घुम्ती बजार अनुगमनमा बरामद भएका अखाद्य वस्तु भीरकोट स्थीत सरसफाई केन्द्रमा नष्ट गरिएको हो । अनुगमनका क्रममा मिति गुज्रिएका रातोपिरो चिप्स ५१ पोका, खैरो चिप्स ३८ पोका, काजु विस्कुट ३३, बदाम मिक्स चाकु ७१ पोका, बदाम लड्डु ३६ पोका, बर्फी पापडी २२ पोका, पहेलो मिक्स ट्याङ १ पोका, लप्सी अचार १ डिब्बा, तिल मिठाई ११ पोका, किसमिस ११ पोका, सुन्तली मिठाई र दालमोठ दुईदुई पोका गरी २७८ पोका १ डिब्बा अखाद्य वस्तु नष्ट गरिएको हो । 
उपप्रमुख तथा न्यायिक समिति संयोजक भगवती रेग्मी अर्याल, प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद कोईराला, भीरकोट उद्योग वाणिज्य संघका अध्यक्ष जगदीश कोईराला,  वाािण्ज्य संघका वरिष्ठ उपाध्यक्ष नुवादत्र अर्याल, दहथुम प्रहरी चौकीका प्रहरी नायव निरिक्षक नगेन्द्रबहादुर भण्डारी,पत्रकार नारायणप्रसाद कोईराला र वडा सचिव कृष्णप्रसाद रेग्मीको रोहबरमा नष्ट गरिएको हो । उपप्रमुख रेग्मीले उपभोक्ताले सामान खरिद गर्दा उत्पादन मिति र उपभोग गर्ने मिति तथा लेबल हेरेर मात्रै खरिद गर्न आग्रह गर्नुभयो । बजारलाई स्वस्थ राख्न समय समयमा बजार अनुगमन गरिने भन्दै उपभोक्ताको स्वास्थ्यमा खेलवाड नगर्न उहाँको आग्रह छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...