समाचार
गल्याङ वडा नं ९ ले टोलटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता नविकरण गर्ने
रेडियो आँधीखोला
वालिङ, १ भाद्र ।
स्याङ्जाको गल्याङ नगरपालिका ९ ले टोल टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता नविकरण गर्ने भएको छ । वडा नम्बर नौ का अध्यक्ष नामदेब खनालले सूचना निकालेर सामाजिक सुरक्षा भत्ताका लागि विभिन्न टोलमा पुगिने जनाउनुभएको छ । सूचनामा जेष्ठ नागरिक, एकल महिला तथा फरक क्षमता भएका ब्यक्तिहरुको आर्थिक वर्ष २०८०÷०८१ को लागि भाद्र मसान्त भित्र भत्ता नवीकरण गर्नुपर्नेमा वडा कार्यालयमा उपस्थित हुन नसक्नेहरुका लागि टोलमा नै कर्मचारी सहित उपस्थित हुने जानकारी दिइएको छ ।
जस अनुसार वडा नम्बर ९ को माथिल्लो चितडाँडामा भोलि भाद्र एक गते १०ः३० बजे, जानकी मावि अमिलाथुममा भोलि नै दिनको एक बजे र सामुदायिक भवन साङ्लीयामा आज नै २ः३० बजे भत्ता नविकरण हुनेछ । यस्तै, भाद्र २ गते १०ः३० बजे पारिचौर शाँखर घुम्तीमा र एक बजे गण्डकी मावि आपचौरमा भत्ता नविकरण हुने वडा अध्यक्ष नामदेब खनालले जानकारी दिनुभयो ।
सामाजिक सुरक्षा कार्यक्रमबाट सेवा लिईरहनु भएका नागरिकहरु वडा कार्यलयमा उपस्थित हुन नसक्नेहरुका लागि यस्तो व्यवस्था गरिएको वडाध्यक्ष खनालले स्पष्ट पार्नुभयो । टेक्रेमा रहेको वडा कार्यालयमा भने नविकरण सहितका कामहरु नियमित रुपमा हुने उहाँको भनाई छ ।