अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

भीरकोट जेसिजद्धारा दुर्घटना न्युनीकरणका लागी सचेतना

news

 
रेडियो आँधीखोला 
वालिङ, १ भाद्र ।
मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने मूल नाराका साथ अगाडि बढेको भीरकोट जेसीजले सवारी दुर्घटना न्युनीकरणका लागी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । भीरकोट जेसीजको आयोजना जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वय तथा भीरकोट नगरपालिकाको सहजीकरणमा भीरकोट, पुतलीबजार ,अर्जुनचौपारी तथा वालिङ्ग नगरपालिकामा बिभिन्न सवारी साधन सञ्चालन गर्दै आएका सवारी चालक तथा विभिन्न विद्यालयका विद्यार्थीहरुलाई ट्राफिक नियम, चालक, यात्रु, सवारीधनी तथा आम सर्वसाधारणलाई भिजुअलको माध्यमबाट रुपमा सचेत गराईएको छ । 
कार्यक्रममा नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले सवारी चालकहरुले सावधानी अपनाउने हो भने धेरै दुर्घटनाहरु न्यूनीकरण हुँदै जाने, सहरको सुन्दरता कायम राख्न तथा बजार क्षेत्रमा हुने दुर्घटनाको डर घटाउन व्यवस्थित पार्किंग गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रवीण आचार्यले प्रमुख प्रशिक्षकको भूमिका निर्बाह गर्दै सवारी दुर्घटनाका कारणहरू तथा समाधानका उपायहरू विषयमा सचित्र प्रकाश पार्नु भएको थियो।
करिब डेढ सयको संख्यामा विभिन्न क्षेत्रका व्यक्तिहरु उपस्थित रहेको उक्त कार्यक्रममा नगर उपप्रमुख भगबती अर्याल, नगर प्रवक्ता दीपेन्द्र केसी, नेकपा एमाले भीरकोट कमिटीका अध्यक्ष विश्वनाथ अर्याल, भीरकोट उद्योग वाणिज्य संघका उपाध्यक्ष नुवादत्त अर्याल, भीरकोट जेसिजका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद पौडेल, पूर्व अध्यक्ष प्रसुन मगर लगायतका वक्ताहरुले बढ्दो सवारी दुर्घटनाका विषयमा आ आफ्ना धारणा राख्नु भएको थियो। भीरकोट जेसिजकाअध्यक्ष जसुन्दर कोइरालाको अध्यक्षता तथा भीरकोट जेसिजका कार्यकारिणी उपाध्यक्ष विमला रेग्मीले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन महासचिव शिव खनालले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...