अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

नेपाली कांगे्रसको आन्तरिक विषेश अभियान अन्र्तगत वालिङ नगर कार्यसमितिको बैठक सम्पन्न

news

 
रेडियो आँधीखोला 
वालिङ, १ भाद्र ।
नेपाली कांगे्रसको आन्तरिक विषेश अभियान तथा नगर कार्यसमितिको बैठक  आज पतञ्जली योग भवन वालिङ ८ मा सम्पन्न भएको छ । नेपाली कांगे्रस वालिङ नगरसमितिको आयोजनामा आयोजित कार्यक्रममा गण्डकी प्रदेश सांसद कल्पना तिवारीले लोकतान्त्रिक पार्टी नेपाली कांगे्रसलाई यो अभियानले अझै ससक्त, मजबुद बनाउने बताउनुभयो । पार्टी सुदृढिकरणका लागी एकताबद्ध भएर लाग्नुपर्ने भन्दै नेपाली कांगे्रस नागरिकको लोकप्रिय पार्टी भएको तिवारीको भनाई छ । साथै उहाँले महिलालाई आयआर्जनसंगै नेतृत्वदायी भुमिकामा पु¥याउनका लागी कांगे्रसले विगतदेखि गर्दै आएको कार्य सराहनीय रहेको भन्दै पार्टीका भातृ संघसंगठनलाई परिचालन गर्दै अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो । 
कार्यक्रममा प्रदेश सांसद भोजराज अर्यालले नेपाली कांगे्रस भ्रष्टाचार र बेथितिको विरुद्ध अगाडि बढेको बताउनुभयो । कार्यक्रममा कांगे्रसका प्रदेश सदस्यद्धोय धु्रवप्रसाद शर्मा पंगेनी र कुमबहादुर गुरुङ, नेपाली कांगे्रस जिल्ला कार्यबहाक सभापति केदार काफ्ले, महासमिति सदस्य लक्ष्मीकान्त रेग्मीलगायतले बोल्नुभएको थियो । कार्यक्रममा प्रदेश प्रतिनिधि सिता गुरुङले संगठन, पार्टीमा अनुशासनको भुमिका, महिला सुदृढिकरणका विषयमा र जिल्ला प्रतिनिधि छायाराम खनालले पार्टीको सैद्धान्तिक गतिविधि, योगदानका विषयमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रम नगरसभापति नेत्रप्रसाद पाण्डेको सभापतित्वमा सम्पन्न भएको थियो भने स्वागत उपसभपाति पदमराज गुरुङ, धन्यवाद उपसभापति सिता थापा र संचालन सचिव सागर कुँवरले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...