अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

जिल्ला अस्पतालमा १० महिनापछि रिक्त मेडिकल सुपरिटेन्डेन्टको आगमन

news

 
रेडियो आँधीखोला
वालिङ, २ भाद्र ।
स्याङ्जाको सदरमुकामस्थित कुमालगाउँमा रहेको स्याङ्जा जिल्ला असपतालमा १० महिनापछि रिक्त मेडिकल सुपरिटेन्डेन्टको पदमा डाक्टर रूक्मिना अधिकारी हाजिर हुनुभएको छ । यसभन्दा अगाडि अस्पतालमा प्रमुख रहनुभएका मेडिकल सुपरिटेन्डेन्ट रमेशप्रसाद आचार्यको लमजुङ जिल्ला अस्पतालमा कार्तिक १४ गते सरूवा भएपछि अस्पताल प्रमुखविहिन थियो । आचार्यको सरूवा भएपछि वरिष्ठ नर्सिङ अधिकृत कृष्णकुमारी कार्कीले निमित्त कार्यालय प्रमुखको भूमिका निर्वाह गर्दै आउनु भएको थियो । 
अस्पतालमा प्रमुख मेडिकल सुपरिटेन्डेन्टका रूपमा आउनुभएकी डा. रूक्मिना अधिकारी यसभन्दा अगाडि जिल्ला अस्पताल प्रमुखका रूपमा पर्वतमा कार्यरत हुनुहुन्थ्यो । अस्पतालमा सरूवा भई आउनुभएकी डा. रूक्मिना अधिकारीलाई अस्पतालमा स्वागत गर्दै अस्पतालका अध्यक्ष ईन्द्रबहादर गोदारले निमित्त भई काम गर्नु भएकी कृष्णकुमारी कार्कीलाई धन्यवाद दिनुभयो ।
प्रमुखको जिम्मेवारी सम्हालेपछि बोल्दै डा. अधिकारीले आफूले विगत १४ महिना पर्वत जिल्ला अस्पतालमा प्रमुख मेडिकल सुपरिटेन्डेन्टका रूपमा जिम्मेवारी निर्वाह गरेको र सो अनुभवको समेत उपयोग गर्दै प्रमुखको रूपमा रहने अवसरलाई क्षमताले भ्याएसम्म अस्पतालका हितमा उपयोग गर्ने बताउनुभयो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...