अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

अखिल नेपाल किसान महासंघद्धारा किसानको हितका लागी ८५ वटै पालिकामा ज्ञापनपत्र

 
रेडियो आँधीखोला
वालिङ, २ भाद्र ।
अखिल नेपाल किसान महासंघ गण्डकी प्रदेश कमिटिको आयोजनामा प्रदेशभरका ८५ वटै स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । अखिल नेपाल किसान महासंघले किसानको हितका लागी २९ बुँदे मागसहित ज्ञापन पत्र सबै स्थानीय तहलाई बुझाएको हो । यसैक्रममा स्याङ्जाका विभिन्न पालिकामा समेत ज्ञापन पत्र बुझाएको महासंघले जनाएको छ । पुतलीबजारमा समेत अखिल नेपाल महासंघ पुतलीबजार नगरकमिटि अध्यक्ष दिलबहादुर अधिकारीले नगरपालिकालाई ज्ञापन पत्र बुझाउनुभएको छ । 
नगरप्रमुख तुलसीराम रेग्मी, उपप्रमुख देवि अर्याल, प्रमुख प्रशासकिय अधिकृत हरिराम नागेला र शिक्षा साखा प्रमुख बाबुराम बरालको उपस्थितिमा ज्ञापन पत्र बुझाईएको हो । कार्यक्रममा महासंघका केन्द्रिय सदस्य मुक्तिनारायण सुवेदी, महासंघका जिल्ला उपाध्यक्ष लिलबहादुर राना, एमाले पुतलीबजार नगर कार्यबहाक अध्यक्ष सोवितबहादुर केसी, अमृत नेपालीको सहभागिता रहेको थियो । ज्ञापनपत्रमा लम्पी स्किन रोगलाई महामारीको घोषणा गरी उपचार गर्नुपर्ने, किसानलाई राहत प्याकेज ल्याउनुपर्ने, मरेका पशुको विमा भूक्तानी गर्नुपर्ने, किसानलाई कर छुट गर्नुपर्ने, बाँदर नियन्त्रणको प्रभावकारी कदम चाल्नुपर्ने र बाँदरले क्षेती पु¥याएका किसानलाई क्षतिपूर्ति दिनुपर्ने लगायतका माग राखिएको छ ।
 
यस्तै, कुल बजेटको २० प्रतिशत कृषिमा लगानी गर्नुपर्ने, रासायनिक मलको सहज आपूर्ति गराउनुपर्ने, उन्नत कृषक पाठशाला बनाउनुपर्ने, एक वडा एक कृषक प्राविधिकको व्यवस्था गर्नुपर्ने, कृषकलाई व्याज अनुदान, निशुल्क विमा र औषधी उपचारको व्यवस्था हुनुपर्ने पनि मागपत्रमा राखिएको छ । २९ बुँदे माग रहेको अखिल नेपाल किसान महासंघका गण्डकी प्रदेश ईन्चार्ज रामबहादुर थापाले बताउनुभयो । 
 
त्यस्तै उता अखिल नेपाल किसान महासंघले गल्याङ नगरपालिकामा विभिन्न २३ बुँदे मागपत्र बुझाएको छ । गल्याङ नगरपालिका, नगर कार्यपालिकाको कार्यालयमा मागपत्र पेश गर्न पुगेको टोलीले प्रमुख गुरुप्रसाद भट्टराई अनुपस्थित भएपछि नगर उपप्रमुख हेमा न्यौपाने र प्रमुख प्रशासकीय अधिकृत दामोद शर्मालाई मागपत्र बुझाएको छ । 
 
मागपत्र बुझ्दै गल्याङ नगरपालिका उपप्रमुख हेमा न्यौपानले किसानका माग समाधान गर्न आफु सकारात्मक रहेको बताउनुभयो ।  गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले किसान महासंघका मागहरु धेरै पुरा गर्न सकिने खालको पनि भएको भन्दै यसबारेमा थप छलफल गरी आवश्यक निर्णय लिने बताउनुभयो ।
 
मागपत्र बुझाउँदै राष्ट्रिय सिंचाई जल उपभोक्ता महासंघ नेपालका गण्डकी प्रदेश उपाध्यक्ष, तथा स्याङ्जा जिल्ला अध्यक्ष राजेन्द्र देब खनालले किसानका माग पुरा गराउनका लागि सकारात्मक भूमिका खेल्न आग्रह गर्नुभएको थियो । अखिल नेपाल किसान महासंघका स्याङ्जा जिल्ला सचिव रुमलाल कँडेलले किसानका समस्यालाई गम्भीर रुपमा लिएर कदम नचाले किसान विस्थापित हुने अवस्थामा पुगेको बताउनुभयो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...