समाचार
नेपाली कांगे्रसको विषेश आन्तरिक अभियान अन्र्तगत कालिगण्डकीमा कार्यक्रम
रेडियो आँधीखोला
वालिङ, ३ भाद्र ।
नेपाली कांगे्रसको विषेश आन्तरिक अभियान अन्र्तगत कालिगण्डकी गाउँपालिकामा शनिबार एक कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांगे्रस कालिगण्डकी गाउँकार्य समितिको आयोजनामा आयोजित कार्यक्रममा प्रजातन्त्र सेनननी शालिकराम न्यौपानेले पार्टीमा रुपान्तरण र परिमार्जन आउन आवश्यक रहेको बताउनुभयो । काँग्रेस पार्टीलाई अझ मजबुद बनाउँदै नागरिकको समस्याहरुलाई गहन रुपमा लिएर समाधान गरी सबैको प्रिय पार्टी बन्नुपर्ने प्रजातन्त्र सेनननी न्यौपानेको भनाई छ ।
कार्यक्रममा पूर्व प्रदेश संसाद भागवत प्रकाश मल्ल, नेपाली कांग्रेस जिल्ला उपसभापति शेर बहादुर थापा, जिल्ला प्रतिनिधी तथा महाधिवेशन प्रतिनिधीहरु लिल बहादर रनपाल,चन्द्र राना, र तुलसा नेपाली तथा १ देखी ७ नं वडाका वडा सभापति, वडा अध्यक्षहरु लगायतले बोल्नुभएको थियो । नगर सभापति नर बहादुर रानाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव डोलराज पाण्डेले गर्नुभएको थियो ।