समाचार
वालिङ बहुमुखी क्याम्पसद्धारा कक्षा १२ का विद्यार्थीलाई सम्मान
रेडियो आँधीखोला
वालिङ, ४ भाद्र ।
वालिङ बहुमुखी क्याम्पसले कक्षा १२ का विद्यार्थीलाई सम्मान गरेको छ । क्याम्पसमा एक कार्यक्रमको आयोजना गरि कक्षा १२ मा विभिन्न समुहमा उत्तिर्ण हुने विद्यार्थीहरुलाई सम्मान गरेको हो । क्याम्पसबाट कक्षा १२ मा सुन्दर बुढाथोकीले ३.४८, विष्णु बहादुर मानन्धरले ३.४४, प्रतिमा क्षेत्रिले ३.४४ र सुनम बढाथोकीले ३.४० जिपिए प्राप्त गर्दै उत्कृष्ठ भएका थिए भने कम्प्युटर विज्ञान समुहबाट मुस्कान कुँवरले उत्कृष्ठ नजिता प्राप्त गर्नुभएको छ । कार्यक्रममा उत्कृष्ट नजिता प्राप्त गर्ने विद्यार्थीहरुलाई पुरस्कार सहित सम्मान गरिएको हो । कार्यक्रममा क्याम्पसका जनसंख्या विभागका प्रमुख ज्ञानेन्द्र खत्रिले क्याम्पसको बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा प्लस टुका प्रमुख मधुसुदन आचार्यले क्याम्पसले राम्रो नजिता प्राप्त गर्न सफल भएको भन्दै यसका लागी क्याम्पस, प्राध्यापक, विद्यार्थी र अभिभावकको मेहेनतको कदर गर्नुपर्ने बताउनुभयो । क्याम्पसले विगत लामो समयदेखि आर्कषक भौतिक संचरनाबाट तथा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको भन्दै विद्यार्थीको उज्जवल भविष्यको कामना गर्नुभयो ।
कार्यक्रममा स्ववियु उपसभापति युवराज तिवारीले समेत शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रम क्याम्पस प्रमुख युवराज पाठकको सभापतित्वमा सम्पन्न भएको थियो भने संचालन सहायक क्याम्पस प्रमुख विष्णु सुवेदीले गर्नुभएको थियो ।