अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

विद्युत प्राधिकरणको ढिलासुस्तीका कारण उपभोक्ता मर्कामा

news

 
वालिङ, ५ भाद्र ।
नेपाल विद्युत प्राधिकरण स्याङ्जाको ढिलासुस्तीका कारण उपभोक्ता मर्कामा परेका छन् ।  भीरकोट नगरपालिकाको वडा ३ सामादीखोला गाउँमा रहेको ट्रान्सर्फमर पुनस्थापित नहुँदा त्यहाँका उपभोक्ताहरु समस्यामा परेका हुन्।
गत असार २७ गते जलेको ट्रान्सर्फमर डेढ महिना बित्न लाग्दा पनि प्राधिकरणले पुनस्थपित गरेको छैन। जसका कारण गाउँमा मिल नचल्दा गाउँहरूलेहरूलाई कुटानी पिसानीमा समस्या भएको छ । असार २७ गते जलेको ट्रान्सर्फमर निरीक्षणका लागि ३१ गते आएका विद्युत प्राधिकरणका कर्मचारीहरूले बत्ती बल्ने गरि मर्मत गरेको भएपनि ट्रान्सर्फमर जडान नगरिदिँदा मिललगायत धेरै भोल्टेजका प्रविधिहरुको प्रयोग गर्न नसकिएको स्थानीयले बताएका छन् ।
”ट्रान्सर्फमर जडानका लागि हामीले पटकपटक विद्युत प्राधिकरण स्याङ्जामा सम्पर्क ग¥यौँ । बयरघारीदेखी गाउँसम्म ढुवानीको व्यवस्था पनि हाम्रै खर्चमा गर्छौं भन्दा पनि लामो समयसम्म प्राधिकरणले समस्या समाधानमा चासो दिएको छैन।” स्थानीय विजय काफ्लेले भन्नुभयो । बिजुलीको ट्रान्सर्फमर नहुँदा कुटानी पिसानी र फृज चलाउन समस्या भएको उहांले बताउनुभयो ।
गाउँमै विद्युत लोड व्यवस्थापनका लागि वडा नं ३ को वडा कार्यालय नजिकै राखेको ट्रान्सर्फमर एक वर्ष हुनै लाग्दा पनि प्रयोगमा आएको छैन् । गाउँ ट्रान्सर्फमरविहिन हुँदा कुटानी पिसानीका लागि धेरै रकम खर्चेर डाँडाकोट र बयरघारी जानुपर्ने बाध्यता भएको स्थानीय गृहणी पार्वती काफ्लेले दुःखेसो गर्नुभयो ।
वडा नं ३ का वडा अध्यक्ष केशरबहादुर खड्काले जनताको गुनासो आएपछि प्राधिकरणमा पटकपटक फोन सम्पर्कको प्रयास गरेको तर फोन सम्पर्क हुन नसकेको बताउनुभयो । ट्रान्सर्फमरको विषयमा विद्युत प्राधिकरण स्याङ्जाका प्रमुख प्रताप बरालले सडकको अवस्थाका कारण प्राधिकरणको सवारी साधन गाउँ पुग्ने नसक्ने भएकाले ढिलाई भएको बताउनुभयो । “पुरानो ट्रान्सर्फमर चार्ज गर्ने र ट्रान्सर्फमर फेर्ने काम अबको एक हप्ता भित्रै गर्छौ। ” उहाँले भन्नुभयो । 
वडा नं ३ मा बुटबल पावर कम्पनी लिमिटेड, नेपाल विद्युत प्राधिकरण र सामुदायिक बचत तथा ऋण सहकारी,  बिरूवाद्वारा बितरित सामुदायिक बिजुली गरि ३ थरी बिजुली छन । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...