अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

भीरकोट नगरपालिकाको आयोजना र छाँयाक्षेत्र मिडिया प्रालि वालिङको सहजीकरणमा वडा नं. ३ मा सार्वजनिक सुनुवाई

news

 
रेडियो आँधीखोला
वालिङ, ९ भाद्र ।
स्याङ्गजाको बालमैत्री नगरपालिका भीरकोटका नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले ५ वर्ष भित्रमा भीरकोटका गाउँगाउँमा कार आउने गरी सडक स्तरोन्नति गरिने बताउनुभएको छ । भीरकोट नगरपालिकाको आयोजना र छाँयाक्षेत्र मिडिया प्रालि वालिङको सहजीकरणमा शुक्रबार आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा जनताले पालिकाको ग्रामिण सडकको अवस्था एकदमै नाजुक रहेको जोखिमपूर्ण यात्रा गर्नुपरेको गुनासो पछि नगर प्रमुख कर्माचार्यले ग्रामीण सडकको  स्तरोन्नतिलाई पालिकाले प्राथमिकता राखेको तर नतिजा आउन केही समय लाग्ने बताउनुभएको हो । वडा नम्बर ३ मा अवस्थित शहिद शुक्र मा. वि. मा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा जनताको गुनासो सम्बोधन गर्दै नगर प्रमुख कर्माचार्यले भन्नुभयोे, “२०८४ को चुनावमा गाउँगाउँमा उम्मेदवारहरू कार लिएर चुनावको प्रचारप्रसारमा आउने छन् ।”  
पालिकाले आ.व. २०७९÷८० को दोस्रो र तेस्रो चौमासिकमा गरेका विकास निर्माणका कार्यहरू र सार्वजनिक सेवा प्रवाहका विषयमा पहिलो पटक पालिकाको केन्द्र बयरघारी बजार  भन्दा बाहिर सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो । सार्वजनिक सुनुवाई कार्यक्रमममा सहभागि नागरिकहरुले ग्रामीण सडक, खानेपानी , विद्युत, पुल , शैक्षिक गुणस्तर, दिगो विकास, बाँदर आतंक,  बढ्दो बसाईंसराई, रोजगारी, कृषिको व्यवसायीकरण लगायतका विषमा नगरले स्पस्ट नीति र योजना बनाउनुपर्ने माग गरेका थिए । 
नगर प्रमुख कर्माचार्यले जनताको चासो, गुनासो र समस्याको जवाफ दिनुभएको थियो भने प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगानाले गत आवमा पालिकाले कार्यान्वायन गरेका योजना र उपलाब्धीहर्रोको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा वडा अध्यक्षहरूले आ आफ्नो वडाका मुख्य योजना र उपलब्धीबारे जानकारी गराएका थिए । 
कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष दिपेन्द्र केसी, वडा नं. ३ वडा अध्यक्ष  केशर बहादुर खडका, ५ का वडा अध्यक्ष सुवेदार कृष्णबहादुर थापा, वडा नं. ६ का अध्यक्ष लक्ष्मण खत्रिक्षेत्रि, ७ का अध्यक्ष ताराप्रसाद अर्याल, ८ का अध्यक्ष नन्दलाल खनालले आ–आफ्ना वडाका गतिविधिका बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा नेपाली कांगे्रसका नगरसभापति यामप्रसाद अधिकारी, शहिद शुक्र माविका व्द्यिालय व्यवस्थापन समिति अध्यक्ष केशरबहादुर अधिकारी, वडा नं. ३ का कांग्रेस वडा सभापति विजय काफ्ले, एमालेका वडा कमिटि अध्यक्ष भोजबहादुर खत्रिलगायतले बोल्नुभएको थियो । कार्यक्रमको संचालन छायाक्षेत्र मिडिया प्रालिका सम्पादक अमृत अर्यालले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...