अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

आँधीखोला एफएमद्धारा शसस्त्र प्रहरी ३० नंम्बर गुल्मका गुल्मपति जोशीलाई स्वागत

news

 
रेडियो आँधीखोला
वालिङ, ९ भाद्र ।
आँधीखोला सञ्चार सहकारी संस्था एवं रेडियो आँधीखोला एफएमले शसस्त्र प्रहरी गुल्मका गुल्मपति देवराज जोशिलाई स्वागत गरेको छ । शुक्रबार एफएम कार्यालयमा एक कार्यक्रमको आयोजना गरी गुल्मपति जोशीलाई रेडियोले स्वागत गरेको हो । 
हालै मात्रा सरुवा भई आउनुभएका गुल्मपति जोशिको स्वागत गर्दै रेडियोका अध्यक्ष नेत्रप्रसाद पाण्डेले समग्र वालिङको शान्ति सुरक्षामा शसस्त्र प्रहरीले खेलेको भमिका सराहनीय रहेको भन्दै रेडियो कार्यालय नजिकै रहेको शसत्र गुल्मले प्राकृतिक विपदका बेला निकै ठुलो सहयोग गरेको स्मरण गर्नुभयो । संचारको संस्था र सुरक्षा नजिक नजिक रहेकाले समाजलाई सुसुचित बनाउँदै यहाँको शुसासन कायम गर्न दुवै संस्थाको भुमिका महत्वपुर्ण रहेको अध्यक्ष पाण्डेले बताउनुभयो । 
“दुवै संस्था नजिक नजिक रहेकाले एकले अर्कोलाई आवश्यक पर्दा सहयोग हुँदै आएको छ । विषेशत प्राकृतिक बिपत्तिका बेला संचार संस्थालाई सुरक्षाको भुमिका अझै महत्वपुर्ण रहेको आभास हामीलाई भएको छ ।” अध्यक्ष पाण्डेले भन्नुभयो । गुल्मपति जोशिलाई मायाको चिनो तथा खादाले स्वागत गरिएको हो । स्वागत कार्यक्रममा रेडियोका सचिव यमकान्त खनाल, सदस्यद्धोय श्रीकृष्ण सिग्देल र शान्ता थापासहित कर्मचारीहरुको सहभागिता रहेको थियो । त्यस्तै नेपाल प्रेस युनियन स्याङ्जाको अध्यक्षमा निर्वाचित भएकोमा रेडियोका प्रबन्धक तोलाकान्त बगालेलाई समेत रेडियोले सम्मान तथा बधाई व्यक्त गरेको छ । 
सोहि अवसरमा नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देलले समेत गुल्मपति जोशिलाई स्वागत गर्नुभएको थियो । समाजलाई शान्ति सुरक्षा प्रदान गर्ने, नागरिकलाई आपतबिपतमा उद्दार गर्ने शसस्त्र प्रहरी र कलमको माध्यमबाट समाजलाई सुसूचित गरी सभ्य समाज निर्माणका लागी भुमिका खेल्ने पत्रकार बीचको सम्बन्ध सुमधुर हुनुपर्ने महासंघका अध्यक्ष सिग्देलले बताउनुभयो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...