समाचार
विश्व हिन्दु महासंघद्धारा गौहत्या दण्डनिय अपराध भएको भन्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
रेडियो आँधीखोला
वालिङ, ११ भाद्र ।
गौ हत्या गरी सामाजिक संजालमा पोष्ट गरेर धार्मिक सहिष्णुतामाथि खलबल्याउने कार्य भएको भन्दै विश्व हिन्दु महासंघ नेपाल स्याङ्जाले ध्यानार्कषण गरेको छ । महासंघका अध्यक्ष हरिहर पाण्डेद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा बहुसंख्यक हिन्दु धर्मालम्बीको आस्था र विश्वास माथि आघात पुग्ने गरी धरानमा सार्वजानकि रुपमा गोरु काट्नु गौ हत्या गर्नु सामाजिक संजालमा पोष्ट गरेर धार्मिक सहष्णिुता खलबल्याउने प्रकृतिको कार्य गर्नु र गराउनु दुवै दण्डनिय अपराध भएको उल्लेख गरेको छ ।
विश्व हिन्दु महासंघले आईतबार ईलाका प्रशासन कार्यालय वालिङ मार्फत नेपाल सरकारका प्रधानमन्त्री समक्ष ज्ञापन पत्र पेश गरेको हो । विश्व हिन्दु महासंघको टोलीले ओमकारको झण्डा सहित प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउन गएका थिए । नेपालको संविधानमा पचिच्छेद २७ को पशुपंक्षी सम्बन्धी कसुर अन्र्तगत ८९ नम्बरको नियममा गौ हत्या गर्नु गराउनु दण्डनिय अपराध भनेर उल्लेख गर्दा गर्दै पनि संविधानको ठाडो उंल्लघन गरी हिन्दु धर्म माथि सोझो हस्तक्षेत्रप भएको तथ्य प्रति विश्व हिन्दु महासंघ स्याङजाले गम्भीर ध्यानार्कषण भएको उल्लेख गरेको छ ।
नेपाल राष्ट्र एक वैदिक कालदेखि नै ऋषिमुनि, महर्षी योगी तथा सज्जन र असल मार्गदर्शकको रुपमा विश्वभर आफ्नो अस्तित्व कायम गरी गौरवमय ईतिहास रचेको पवित्र भुमि रहेको भन्दै बहुसंख्यक ओमकार परिवार बैद्धिक सनातनीहरु हिन्दु धर्मालम्बीहरु साथै अन्य बहु धर्मका बीचमा पनि धार्मिक एकता सदभाव र समाजस्यता कायम गरी एक आपसमा मिलेर बसेको उदाहरणीय देश नेपाल भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । आपसी एकता धार्मिक सहिष्णुता नेपालको पहिचान भएको भन्दै सदियौँदेखि कायम भएको नेपालको सामाजिक धार्मिक सदभाव र एकतामा आँच आउने खालका कार्य निषेध गरी नेपाल सरकारले संविधानको रक्षार्थ कदम अगाडि बढाउन समेत विश्वहिन्दु महासंघले आग्रह गरेको छ ।