अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

देशभरको मौसम सुधार : पर्सिसम्म ठूलो पानी नपर्ने, बिस्तारै तापक्रम बढ्ने

news

 

  भदौ ११, काठमाण्डौ – देशभरको मौसममा सुधार भएको छ ।

अहिले बिहान काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ ।

हिजो पनि काठमाण्डौमा घाम लागेको थियो ।

भदौ पहिलो हप्तादेखि देशका धेरै ठाउँमा परेको झरी कम भएसँगै हिजोदेखि नै मौसममा सुधार हुन थालेको हो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अबको तीन दिन अर्थात् पर्सिसम्म ठूलो पानी पर्ने सम्भावना छैन ।

महाशाखाले तीन दिनको मौसम पूर्वानुमान गर्ने गर्छ ।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार मौसममा सुधार भएसँगै अब बिस्तारै तापक्रम बढ्नेछ ।

तराईमा तापक्रम बढेपछि हावाहुरीको जोखिम हुन्छ ।

कोशी प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका एक/दुई ठाउँमा हावा/हुरीको सम्भावना छ ।

आज देशका पहाडी केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

अहिले कोशी प्रदेशमा मौसम सामान्य बदली छ । अरु ठाउँमा पनि आशिंकदेखि सामान्य बदली छ ।

दिउँसो काठमाण्डौ उपत्यकासहित केही ठाउँमा छिटफुट पानी पर्ने महाशाखाले जनाएको छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...