अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

आजदेखि काठमाण्डौलाई ट्रान्जिट बनाएर नेपाल एअरलाइन्सको भैरहवाबाट हङकङ र दिल्ली उडान

news

 

 भदौ १२, काठमाण्डाै - नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) ले आजदेखि भैरहवाको गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाण्डौ हुँदै हङकङ र नयाँ दिल्ली उडान गर्दैछ ।

गएको जेठ ३० गतेदेखि निगमले हप्ताको एक दिन क्वालालम्पुर–भैरहवा–काठमाण्डौ उडान गर्दै आएको छ । अब भैरहवाबाट हङकङ र दिल्ली जाने यात्रुलाई काठमाण्डौ ल्याएर निगमकै अर्काे  उडानबाट गन्तव्यमा पठाउन लागिएको हो ।

भैरहवाबाट बिहान ९ बजे काठमाण्डौ  ल्याएका यात्रुलाई ११ बजे निगमको हङकङ उडान र दिउँसो १ बजे दिल्ली उडानमार्फत यात्रुलाई  गन्तव्य देशमा पठाइनेछ । पहिलो उडानमा आज निगमले भैरहवाबाट यात्रु लिएर काठमाण्डौ आउनेछ । यसअघि निगमले भैरहवाबाट सिधै दिल्ली उडानको तयारी गरे  पनि  भारतले उडान अनुमति दिएको  छैन ।

भैरहवाबाट हरेक मङ्गलवार हप्ताको एक उडानदेखि शुरु गरी बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार उडानको सङ्ख्या बढाउँदै लैजाने निगमको योजना रहेको छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...