समाचार
झापा, मोरङ, सुनसरी, सप्तरीलगायत जिल्लामा वर्षा, बाढी पहिरोको जोखिम
भदौ १२, काठमाण्डौ – झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, सर्लाही, धनुषा, बारा, चितवन ,गोरखा, लमजुङ, पोखरालगायत केही ठाउँमा गएराति पानी परेको छ । ती क्षेत्र भएर बग्ने स–साना नदीमा जलसतह केही बढ्न सक्ने भएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । गोरखाको बारपाक र लमजुङ क्षेत्रमा पहिरोको जोखिम छ ।
मकवानपुर, चितवन, नवलपरासीको केही ठाउँमा पनि मध्यम वर्षा भएको छ । चितवनको देवघाट, रामपुर आसपास भने ठूलो पानी परेको छ । नारायणगढ–मुग्लिङ सडक खण्ड आसपासका खहरे खोलामा आकस्मिक बाढी र पहिरोको जोखिम हुन सक्ने भएकाले सतर्कता अपनाउन भनिएको छ । तर अहिले नारायणगढ–मुग्लिङ सडकमा सामान्य रुपमा गाडी चलिरहेका ट्राफिक प्रहरीले जनाएको छ ।