समाचार
राम्दीमा रहेका जेष्ठ नागरिकहरुका लागि सहयोग
वालिङ, १३ भाद्र ।
स्याङ्जाको गल्याङ नगरपालिका १ रामनदीधाम राम्दीमा रहेका जेष्ठ नागरिकहरुका लागि सहयोग प्राप्त भएको छ । शिव पार्वती बृद्धाश्रम तथा बहुउद्देश्यीय संस्था वालिङ १० भकुण्डेद्धारा संचालित जेष्ठ नागरिक आश्रमका लागि सहयोग प्राप्त भएको हो । ’एक दिन एक दाता’ कार्यक्रम अन्तर्गत आज स्याङ्जाको पुतलीवजार नगरपालिका–११, उनियाचौर जाडखोला बस्ने डोल कुमारी लामिछानेले आफ्ना स्वर्गिय छोरा पेम नारायण लामिछानेको पून्यतिथीको अवसरमा सात हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।
सहयोग कार्यक्रममा लामिछानेका बुहारीहरु सावित्रा लामिछाने र सारदा लामिछानेको पनि उपस्थिति रहेको थियो । यसैगरी, वालिङ नगरपालिका –९, पर्वतरोड भूम्रे निवासी श्री खेम बहादुर थापा मगरले आफ्नी स्वर्गिय श्रीमती लालि कुमारी थापाको पून्यतिथी तथा स्वर्गिय श्रीमती भवित्र कुमारी थापाको सम्झनामा आश्रमलाई छ हजार रुपैयाँ भोजन स्वरुप सहयोग गर्नुभएको छ ।
सहयोग कार्यक्रममा उहाँको छोरा÷बुहारीहरु चन्द्र थापा, विना थापा, कमल थापा, वसन्ती थापा र भिम बहादुर थापाको पनि उपस्थिति रहेको थियो । आश्रममा जन्मोत्सव, विवाह उत्सव, स्मृति दिवस लगायतका अवसरहरुमा विभिन्न व्यक्ति तथा संस्थाले भोजनका लागि रकम सहयोग गर्दै आएका छन् ।
आश्रममा एक दिन एक दाता कार्यक्रम नै संचालन गरेर हरेक दिन फरक फरक दाताहरुबाट प्राप्त सहयोगले आश्रममा रहनुभएका २३ जना जेष्ठ नागरिकलाई भोजन खुवाउने गरिएको आश्रमका कार्यालय प्रमुख सुनिल श्रेष्ठले जानकारी दिनुभयो ।