अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

सरकारी संस्थाहरुको बेरुजुु फर्स्याैट र असुलीमा ढिलाइ

news

 

 भदौ १३,  काठमाण्डौ – सरकारी संस्थाहरुको बेरुजु फर्स्याैट र असुल उपरमा सुधार आउन सकेको छैन ।

सरकारका विभिन्न निकायको बेरुजु फर्स्याैट तथा सरकारी बाँकी रकम असुल उपर गर्ने जिम्मेवारी पाएको कुमारीचोक तथा केन्द्रीय तहसील कार्यालयले गएको आर्थिक वर्ष २०७९/८० मा झण्डै दुई करोड रुपैयाँ असुल उपर गरेको छ ।

सरकारका विभिन्न निकायको कारोवारमा २ अर्ब ५२ करोड रुपैयाँ साँवा र ब्याजसहित असुलउपर गर्नुपर्ने देखिन्छ ।

तर गएको आर्थिक वर्ष २०७९/८० मा कुमारीचोक तथा केन्द्रीय तहसील कार्यालयले एक करोड ९७ लाख रुपैयाँ असुल उपर गरेको छ ।

यद्यपि यो रकम गएका तीन आर्थिक वर्षको भन्दा धेरै नै हो ।

कुमारीचोक तथा केन्द्रीय तहसील कार्यालयकी कार्यालय प्रमुख नमूना कार्की दाहालले गएको आर्थिक वर्षमा ५ वटा तेजारथ बापतको सरकारी बाँकी असुल गरिएको बताउनु भयो ।

त्यस्तै घरेलु तर्फको २४ वटा लगत कट्टा गरेको र एउटा मात्रै सरकारी बाँकीसरह असुल उपर गर्नुपर्ने लगत कट्टा गरेको जानकारी दिनुभयो । 

उहाँले कतिपय असुलउपर गर्नुपर्ने व्यक्तिहरु अदालतमा जाने र अदालतबाट असुलउपर नगर्नु भन्ने अन्तरिम आदेश लिएर आउने भएकाले पनि लक्ष्य अनुरुपको असुल उपर गर्न नसकिएको बताउनु भयो ।

२०१८ सालको महालेखाको प्रतिवेदनपछि २०५९/६० सम्मको सरकारी बेरुजुतर्फ भने १८ अर्ब भन्दा बढी थियो ।

अहिलेसम्म झन्डै ३ अर्ब रुपैयाँ असुल उपर र फर्स्याैट भइसकेको र अब १५ अर्ब १२ करोड १६ लाख ५० हजार रुपैयाँ अझै असुल उपर हुन बाँकी रहेको उहाँले बताउनुभयो । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...