समाचार
वेपत्ता सम्बन्धी घटनाका सम्बन्धमा राज्य र सरकारले महत्व दिएको छ
वालिङ, १४ भाद्र ।
प्रमुख जिल्ला अधिकारी शशिघर घिमिरेले वेपत्ता सम्बन्धी घटनाका सम्बन्धमा राज्य र सरकारले महत्व दिएर छानवीन आयोग बनाएर काम गरिरहेको बताउनुभएको छ । बेपत्ता परिवारका पिडा र मार्का धेरै रहेको जनाउदै उहाले सरकारका निर्देशन बमोजिम आफुले कार्यहरु गर्दै आएको र प्रजिअले चाहेर मात्र पुरा हुन नसक्ने उहांको भनाई छ ।
नेपाल रेडक्रस सोसाइटी स्याङ्जा शाखाद्धारा अन्र्तराष्ट्रिय वेपत्ता दिवसको अवसर पारेर बुधवार स्याङ्जामा आयोजित कार्यक्रममा बोल्दै प्रजिअ घिमिरेले सम्बन्धित निकायसम्म बेपत्ता परिवारका आवाज सम्प्रेषण गर्नका लागि आफु तयार रहेको बताउनुभयो । सशस्त्र द्धन्द्धका समयमा राज्य र तत्कालिन बिद्रोही पक्षबाट घटेका घटना क्रमश मिलाउनका छानवीन आयोग गठन भएको र आयोगले काम गरिरहेका उहांले बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य नेमबहादुर राना, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, वेपत्ता परिवार सदस्य भोजप्रसाद लम्साल, मनकुमारी गुरुङ, रेवती अधिकारी लगायतले आफना वेपत्ता पती, भाई, छोराको छिटो भन्दा छिटो खोजीकार्य गरिदिनका लागि अनुरोध गरेका छन् । नेपाल रेडक्रस सोसाइटी स्याङ्जा शाखाका सभापति दिनेश अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन मन्त्री रामचन्द्र अर्यालले गरेका थिए ।
स्याङ्जामा बेपत्ताका सूचिमा रहेका १८ जना मध्ये वालिङ् निवासी गोपालप्रसाद अर्याल भने १६ बर्षपछि घर फर्कनु भएको छ । तर, अन्य १७ जनाको भने अवस्था अज्ञात छ ।
वेपत्ता हुनेमा जुना विक, रमेश भट्टराई, हरिप्रसाद डुम्रे, टिकाराम आले, तीर्थनारायण काफले, लोकबहादुर थापा, राजेन्द्रप्रसाद ढकाल, पदमप्रसाद तिवारी, मनबहादुर गुरुङ, कृष्णबहादुर अधिकारी, शालिकराम न्यौपाने, अनुप थापा, डाँसीराम लामिछाने, ज्ञानबहादुर लम्साल, हरिप्रसाद खनाल, टंकप्रसाद अधिकारी, भिमबहादुर विक रहनु भएको रेडक्रस सोसाइटीको तथ्यांकमा उल्लेख छ ।