अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

न्यायिक समिति र मेलमिलापकर्ता बीच सिकाई तथा अनुभव आदानप्रदान

news

 
वालिङ, १४ भाद्र ।
न्यायिक समिति र मेलमिलापकर्ता बीच सिकाई तथा अनुभव आदानप्रदान कार्यक्रम वालिङमा सम्पन्न भएको छ । प्राकृतिक द्धन्द्ध रुपान्तरण केन्द्र नेपालको आयोजना, वालिङ, भीरकोट र पुतलीबजार नगरपालिकाको समन्वय र स्थानीय सरकार सवलीकरण अष्टेलियन एडको सहयोगमा बुधबार वालिङमा सिकाई तथा अनुभव आदानप्रदान सम्बन्धी गोष्ठी गरिएको हो । कार्यक्रममा वालिङ नगरप्रमुख कृष्ण खांणले न्यायिक समिति र मेलमिलाप कर्ता बीच एकआपसमा अनुभव आदानप्रदान गर्दा मेलमिलापमा थप ज्ञान प्राप्त हुने बताउनुभयो । न्यायिक समितिको मेलमिलाप कार्यक्रमले सम्बन्धलाई सुमधुर बनाउने र सभ्य समाज निर्माणमा सघाउ पुग्ने नगरप्रमुख खांणले बताउनुभयो । 
नगर तथा वडा स्तरमा रहेका मेलमिलाप कर्ताहरुका कारण धेरैको जिवन तथा परिवारमा खुसीयाली छाएको भन्दै मेलमिलाप कर्ताहरुको भुमिका महत्वपुर्ण रहेको बताउनुभयो । कार्यक्रममा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत तेजराज शर्मा, द एसिया फाउण्डेसनका गण्डकी प्रदेश संयोजक पुर्ण परियार, वालिङ २ का वडा अध्यक्ष तथा न्यायिक समिति वालिङका सदस्य पोतप्रसाद लम्साल, भीरकोट नगरपालिका वडा अध्यक्ष तथा न्यायिक समिति भीरकोटका सदस्य नन्दलाल खनाल, पुतलीबजार नगरपालिका न्यायिक समितिका सदस्य कमला गुरुङलगायतले बोल्नुभएको थियो । 
कार्यक्रमको संचालन कानुनी सल्लाहकार नेत्रप्रसाद सुवेदीले गर्नुभएको थियो । कार्यक्रममा वालिङ, भीरकोट र पुतलीबजार नगरपालिकाका न्यायिक समितिका सदस्यहरु तथा मेलमिलाप कर्ताहरुको सहभागिता रहेको थियो ।  
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...