अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

वालिङको भुम्रेमा गाई जात्रा आज मनाईदै

news

 
रेडियो आँधीखोला 
वालिङ, १५ भाद्र ।
स्याङ्जाको वालिङ भुम्रेमा गाई जात्रा आज मनाईने भएको छ । तिथिमा हिजै गाई जात्रा भएको भनिएपनि भुम्रे नेवा समाजले भने आज गाई जात्रा मनाउने भएको हो । भुम्रे नेवा समाजका संस्थापक अध्यक्ष ताराप्रसाद श्रेष्ठका अनुसार जनैपुर्णिमाको भोलीपल्ट नै गाई जात्रा गरिँदै आएको भन्दै यसपटक पनि आज नै गाईजात्रा मनाईने भएको हो । जनैपुर्णिमाको दिनमा चेलिबेटि आउने चेलिबेटिलाई मिठो मसिनो खुवाउने परम्परा रहेकाले जनैपुर्णिमाको भोली पल्ट नै गाई जात्रा मनाईने भएको श्रेष्ठले बताउनुभयो । शुक्रबार गाईजात्रा, शनिबार हिले जात्रा र आईतबार बाघजात्रा पर्व मनाईने संस्थापक अध्यक्ष श्रेष्ठले बताउनुभयो । लाखे नाच भने नागपञ्चमीदेखि शुरु गरिएर हरेक दिन प्रर्दशनी गरिएको संस्थापक श्रेष्ठले बताउनुभयो । 
नेपालको मौलिक लाखे नाचको संरक्षणमा नेवार समुदायले सक्रियता देखाउँदै आएका छन् । पछिल्लो समय युवा पुस्ताहरूले बेवास्ता गरेको लाखे नाच हराउँदै जान थालेको छ भने भुम्रे नेवा समाजले भने हरेक वर्ष यस्ता जात्रालाई निरन्तरता दिँदै आएको छ । नागपञ्चमीदेखि कृष्ण जन्माष्टमीसम्म हरेक दिन भुम्रे बजारमा लाखे नाच देखाईने गरिएको संस्थापक अध्यक्ष श्रेष्ठले बताउनुभयो । 
नागपञ्चमीको दिनदेखि सुरु भएको लाखे नाच कृष्ण जन्माष्टमीसम्म हरेक दिन साँझ बजार परिक्रमा गराउँदै प्रदर्शन गर्ने गरिन्छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...