समाचार
अन्तरसदनात्मक नृत्य प्रतियोगिता सम्पन्न
वालिङ, १६ भाद्र ।
पुतलीबजार नगरपालिका ५ स्थीत बालहित आधारभुत विद्यालयमा शिक्षक विधाई तथा अन्तरसदनात्मक नृत्य प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै नेपाली कांग्रेसका नेता तथा शितला माध्यमीक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शैलेन्द्र जंग कार्कीले स्थानीय सरकारले शैक्षिक गुणस्तर वृद्धिका लागि पुर्वाग्रह नराखिकन काम गर्न पुतलीबजार नगरपालिकालाई अनुरोध गर्नुभयो ।
शिक्षक सरुवाका कारणले शैक्षिक क्षेत्र अस्तव्यस्त भएको गुनासो सार्वजनिक भएकोमा पुतलीबजार नगरपालिकाले समयमै व्यवस्थापन गर्न पनि उहाँले आग्रह गर्नुभयो । नृत्य प्रतियोगितामा विजयी प्रतीयोगिहरुलाई पुरस्कार एवम् प्रमाण पत्र वितरण गरिएको थियो । कार्यक्रममा पुतलीबजार नगरपालिका ५ का निवर्तमान वडा अध्यक्ष रामचन्द्र रेग्मी, पुतलीबजार नगरपालिकाका विद्यालय सुपरिवेक्षक ओम प्रकाश शर्मा, सितला माविका प्रअ चिरन्जीवि लम्साल र बालहित आधारभुत विद्यालयका प्रअ केदार मरासिनी लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण रेग्मीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । सोही कार्यक्रममा ३० वर्ष लामो शिक्षण पेशाबाट स्वेच्छिक अवकास लिनुभएकी देवी कार्कीलाई भव्य कार्यक्रमका साथ विदाई गरिएको थियो ।