अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

भारतले धौलीगङ्गाको बाँध खोलेपछि महाकाली नदी किनारमा सतर्कता

news

 
 
      भदौ १८, काठमाण्डौ – भारतले धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका खोलेपछि महाकाली नदी किनारमा सतर्कता अपनाइएको छ ।
 
उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा बाँधको ढोका आज बिहान ५ बजे खोलेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
 
बाँधका ढोका खोलेपछि महाकाली नदीमा जलस्तर बढेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन र नदी किनारमा आवतजावत नगर्न स्थानीय प्रशासनले आग्रह गरेको छ । बेलुकीसम्म नै सतर्कता अपनाउन भनिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले उज्यालोलाई बताउनुभयो ।
 
 
 
जिल्ला प्रशासन कार्यालय दार्चुला र बैतडीले यसअघि नै सूचना निकालेर सतर्कता अपनाउन आग्रह गरेका थिए । जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार भारतले भोलि बिहान पनि बाँधका ढोका खोल्ने बताएको छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...