समाचार
हुँगीमा विश्रामगृहको शिलान्यास गरिने
वालिङ, २० भाद्र ।
स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्वर ९ हुँगिमा विश्रामगृहको शिलान्यास गरिने भएको छ । शुभयात्रा संस्थाले बुधबार कृष्ण जन्माष्टमीका दिन नौ द्वार अर्थात ९ कोठे विश्रामगृहको निर्माण गर्ने भएको हो।
संस्थाले आफ्नो २५ वर्ष पुगेको अवसर पारेर कालिगण्डकी तिरमा धार्मिक तथा ऐतिहासिक महत्व रहेको हुँगिमा विश्रामगृह निर्माणका लागि भूमि पूजासहित शिलान्यास गर्ने संस्थाका अध्यक्ष मधुसुदन गैह«ेले जानकारी दिनुभयो । कृष्ण जन्माष्टमीका दिन भजन किर्तनसहित सन्ध्याकालिन आरतीपछि भूमि पूजा गरिने संस्थाका अध्यक्ष गैह«ेले उल्लेख गर्नुभयो । यसका लागि पाँचभाई गैह«ेको भूमिलाई कोषकारुपमा रहनेगरी र अरु जग्गाको व्यवस्थापन गरिने उहाँको भनाई छ ।
कालिगण्डकीको तीरमा बिभिन्न १९ वटा स्थानमा काम गर्ने योजना रहेको संस्थाको यो पहिलो कार्यक्रम हो । ऐतिहासिक एवम् धार्मिक महत्व रहेको यो स्थानबाट संस्थाले कामको थालनी गर्नेसमेत अध्यक्ष गैह«ेले उल्लेख गर्नुभयो । पवित्र कालिगण्डकीको सभ्यतालाई विश्वाव्यापीरुपमा प्रचार गर्ने उद्देश्यले विश्रामस्थल निर्माणमा लागिएको हो ।