अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

डेंगु नियन्त्रणका लागी समन्वय गर्न वालिङ नगरपालिकाको अनुरोध

news

 
रेडियो आँधीखोला
वालिङ, २० भाद्र ।
वालिङ नगरपालिकाले डेंगु नियन्त्रणका लागी वालिङ स्थित वडा कार्यलय, स्वास्थ्य संस्थाहरु, नगरक्षेत्रका विद्यालयहरु, सरकारी तथा गैह्रसरकारी संघसंस्थाहरुलाई समन्वय गर्न अनुरोध गरेको छ । डेंगु लामखुट्टेको टोकाईबाट सर्ने एक सरुवा रोग हो । डेंगुका कारण यहाँका दुई जनाले ज्यान गुमाएका छन् । डेंगु फैलदो क्रममा रहेको र वालिङका केहि व्यक्तिहरु संक्रमित भई उपचाररत रहेको वालिङ नगरपालिकाले जनाएको छ । 
वालिङ नगरप्रमुख कृष्ण खांणद्धारा जारी सूचनामा डेंगु नियन्त्रणका लागी लामखुट्टेको टोकाईबाट बच्न समुदायमा जनचेतना, खोज र नष्ट गर अभियान अन्र्तगत रयाली, माईकिङ,  र प्लेकार्ड सहितको घरदैलो अभियान, मुख्य चोक र बजारमा ब्यानर राख्ने, पर्चा तथा पम्लेटहरु वितरण जस्ता कार्यक्रमहरु संचालन गर्दा  नगरपालिकासंग समन्वय गर्न अनुरोध गरेको हो । डेंगु रोगका लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न समेत नगरपालिकाले अनुरोध गरेको  छ। 
डेंगु एक प्रकारको ज्वरो हो । डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी पाइने गर्दछ ।
यसले स–साना सफा पानी जमेको स्थानमा फुल पार्ने भएकाले वर्षाको पानी जम्ने टीनका डब्बाहरू, रंगका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फुलदानी, गमलाहरुमा पानी जम्न दिनु हुँदैन । सहरी क्षेत्रमा यस्ता वस्तुहरू पर्याप्तमात्रामा हुने भएकाले पनि यो लामखुट्टे सहरमा बढी देखिएको बताइन्छ । 
डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । ज्वरोका साथै असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसापेशिहरू दुख्ने, शरीरमा विमिरा आउने, वाकवाकी लाग्नेलगायतका लक्षण देखिन्छ ।
डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नु पर्ने चिकित्सक बताउँछन् । यस लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरिर ढाकिने लुगा लगाउनुपर्छ सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नु पर्छ, साथै साना केटाकेटिलार्य जुनसुकै समयमा पनि झुल भित्र सुताउनु पर्दछ । घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ –घर वरिपरि सफा सुग्घर राख्ने, पानी जम्ने खाल्टा खुल्टी पुर्ने गर्नु पर्छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...