अहिले तरंगमा

केहि छिनमा

समाचार

स्याङ्जाको वालिङमा रक्त सञ्चार इकाई केन्द्र स्थापना

news

 
रेडियो आँधीखोला
वालिङ, २० भाद्र ।
स्याङ्जाको वालिङमा आज रक्त सञ्चार इकाई केन्द्र स्थापना गरिएको छ । रगतको अभावका कारण अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यसहित वालिङस्थित गह«ौं प्राथमिक अस्पतालमा केन्द्र स्थापना गरिएको हो । केन्द्र सञ्चालनमा आएसँगै वालिङमा सञ्चालनमा रहेका डायलासिस सेन्टर, प्रसुति गृह तथा आकस्मिक दुर्घटनाका बिरामीहरुलाई सहज हुने अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष दिलीपप्रताप खाँणले बताउनुभयो ।
 
यहाँ स्थापना भएको केन्द्रमार्फत स्याङ्जाको वालिङ, भीरकोट, चापाकोट, गल्याङ, कालीगण्डकीसहित दक्षिण पर्वतका बिरामीलाई सहज हुने भएको हो ।  “वालिङमा भएका विरामीहरुलाई रगत चाहिएमा पाल्पा, पोखरा लगायत अन्यत्रबाट ल्याउनुपथ्र्यो” उहाँले भन्नुभयो, “केन्द्र यहीँ अस्पतालमै स्थापना भएपछि अन्यत्र जानुपर्ने बाध्यता हटेर जानेछ ।”
वालिङमा रक्त सञ्चार केन्द्र आवश्यक देखिएपछि जिल्ला रेडक्रस सोसाईटीसँग समन्वय गरेर अस्पतालमा केन्द्र सञ्चालनमा ल्याएको वालिङ नगर प्रमुख कृष्ण खाँणले बताउनुभयो ।
“केन्द्र स्थापना ठूलो कुरा होईन यसको ब्यवस्थापन र दिगोपाना पक्ष ठूलो हो” प्रमुख खाँणले भन्नुभयो, “केन्द्रको दिगोपनाकालागि नगरपालिकाले आवश्यक समन्वय गरेर अगाडि बढ्छ ।” नगरपालिकाले केन्द्र स्थापना र सञ्चालनकालागि नीति, कार्यक्रम तथा बजेटमार्फत सम्बोधन गरेको उहाँले बताउनुभयो ।
 
केन्द्रको ब्यवस्थापनकालागि जिल्ला रेडक्रस सोसाईटीले गर्ने र अन्य कार्यहरु नगरपालिका तथा अस्पताल प्रशासनले गर्ने गरी सहमति भएको जिल्ला रेडक्रस स्याङ्जाका अध्यक्ष दिनेश अर्यालले बताउनुभयो । समय समयमा रक्तदान गरी रगत सङ्कलन गर्ने, सङ्कलित रगतको समूह वर्गीकरण गर्ने, सुरक्षित भण्डारण गर्ने र निशुल्क वितरण यस केन्द्रमार्फत गरिने अध्यक्ष अर्याल बताउनुहुन्छ ।
 
“एकपटक सङ्कलन गरिएको रगत ३५ दिनभित्र प्रयोगमा आउनुपर्छ” उहाँले भन्नुभयो, “उक्त समयभित्र खपत हुने अवस्था नदेखिएमा प्रादेशिक रक्त सञ्चार केन्द्र पोखरा पठाउँछौं ।” वालिङमा स्थापना भएको रक्त सञ्चार इकाई ८० युनिट क्षमताको हो । रक्त सञ्चार केन्द्र सञ्चालनमा आएसँगै अब स्याङ्जाको दक्षिण, पश्चिम भेगसहित दक्षिण पर्वतका बिरामीहरुलाई वालिङबाट नै निशुल्क रगत उपलब्ध गराउन सकिन्छ । केन्द्र स्थापनाको अवसरमा आज गरिएको रक्तदानमा १६ युनिट रगत सङ्कलन भएको थियो ।
 
केन्द्र स्थापना कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी स्याङ्जाका उपसभापति लक्ष्मी थापा, उपमन्त्री खगेन्द्रप्रसाद अयाृल, नेपाल जुनियर रेडक्रस सर्कल स्याङ्जाका संयोजक विष्णु सुवेदी गैह«ेलगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...