अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

दिपज्योति युवा क्लब वालिङ १४द्धारा वार्षिकोत्सवको अवसरमा सांकृतिक कार्यक्रम

news

 
रेडियो आँधीखोला 
वालिङ, २१ भाद्र ।
दिपज्योति युवा क्लब वालिङ १४ ले वार्षिकोत्सवको अवसरमा सांकृतिक कार्यक्रम गरेको छ । दिपज्योति युवा क्लब वालिङ १४ थुमपोखराको २१ औ वार्षिकोत्सवको अवसरपारी कृष्ण जन्माष्टमीको अवसरमा विभिद सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो । 
कार्यक्रममा खुल्ला तिज गित प्रतियोगिता लाखे नाँच लगायत स्थानिय कलाकारहरुको प्रस्तुति रहेको थियो । कार्यक्रममा बोल्नुहुदै वालिङ १४ का वडा अध्यक्ष बोधराज कुँवर (राजु) ले हाम्रा मौलिक संस्कृतिलाई जगेर्ना गर्नको लागी युवाहरु अझ बढी सक्रिय भएर लाग्नुपर्ने बताउनुभयो । यस क्लबले वर्षेनी वाषिकोत्सवको अवसरमा सांकृतिक कार्यक्रम गरेको प्रंशसनिय रहेको भन्दै क्लबसंग हातेमालो गरेर अगाडि बढ्न वडा तयार रहेको पनि प्रष्ट पार्नुभयो । साथै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो । कार्यक्रममा युवा नेता कमल कुँवर लगायतले बोल्नुभएको थियो ।
खुल्ला तीज नृत्य प्रतियोगितामा प्रथम सञ्चिता डुम्रे हुनुभएको छ । त्यस्तै द्धितिय, भूमिका कुँवर, तृतीय निशा डुम्रे, र सान्त्वना आशिका कुँवर हुनुभएको छ । विजेतालाई क्रमश नगद चार हजार, तिन हजार, दुई हजार र ५ सय सहित मेडल प्रमाण पत्र तथा आर्कषक पुरस्कार प्रदान गरिएको छ । क्लबका अध्यक्ष प्रकाश डुम्रेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन टोप बहादुर अधिकारीले र स्वागत सदस्य अस्मिता डुम्रेले गर्नुभएको थियो । यस्तै कार्यक्रममा स्थानिय कलाकार राजेश भण्डारी, सृष्टि विश्वकर्मा र सुरज श्रेष्ठको प्रस्तुति रहेको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...