अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

संस्कृतिको संरक्षण गर्न भिरकोटमा मौलिक तीज गित प्रतियोगिता

news

 
वालिङ, २१ भाद्र ।
परम्परागत संस्कृतिको संरक्षण गर्न स्याङ्जाको भीरकोट नगरपालिकाले तीज गीत प्रतियोगिताको आयोजना गरेको छ । बुधबारदेखि  वडागत रूपमा वडा नं ६ बाट  सुरू भएको प्रतियोगिता असोज १ नगरस्तरीय प्रतियोगिता गरी समापन गरिने पालिकाले जनाएको छ । 
नगरपालिकाले निर्धारण गरेको समय तालिका अनुसार २१ गते वडा नं ४ मा, २२ गते वडा नं ५  मा, २३ गते वडा नं ७ मा, २४  गते वडा नं  ३ मा, २५ गते वडा नं  २ मा, २६  गते वडा नं ९  मा , २७  गते वडा नं १  मा, २९  गते वडा नं ८   मा वडा स्तरीय मौलिक तीज गीत प्रतियोगिता हुनेछन् । असोज १ गतेको नगर स्तरीय तीज गीत प्रतियोगिता बयरघारी बजारको तमु समाज भवनमा हुनेछ ।
पहिलो तीज प्रतियोगिता वडा नं ६ को सुन्दरचौर पार्कमा सम्पन्न भएको छ ।  वडा नं. ६ मा भएको प्रतियोगितामा गण्डकी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ, नगर प्रमुख गोविन्द कुमार कर्माचार्य, नगर उपप्रमुख भगवती रेग्मी अर्याल, नेपाली काँग्रेस भीरकोटका सभापति याम प्रसाद अधिकारी (लक्ष्मण), राष्टिय प्रजातन्त्र पार्टी भीरकोटका अध्यक्ष हर्क बहादुर रोका लगायतका सहभागिता रहेको थियो ।  वडा स्तरीय  प्रतियोगितामा जनजागरण आमा समूह प्रथम भएको छ । 
यसैगरी जनजागृति आमा समूह गोदिखोलाले दोस्रो, मनकामना आमा समुह,  फोक्सिङले तेस्रो , लालीगुराँस आमा समूहले सान्त्वना स्थान प्राप्त गरेका छन् । प्रतियोगितामा १० वटा आमा समूहहरूको सहभागिता रहेको थियो । निर्णायकको भूमिकामा गायक देबि प्रसाद अर्याल, भाग्योदय माध्यमिक विद्यालयका शिक्षक पूण्य प्रसाद अर्याल र बालोदय माध्यमिक विद्यालयका शिक्षिका सिमा एस. के रहनुभएको थियो । मौलिक संस्कृतिको संरक्षण सँगसँगै  सुन्दरचौर पार्कको समेत प्रचारप्रसार गर्ने उद्देश्यले सुन्दरचौर पार्कमै तीज गीत प्रतियोगिताको आयोजना गरिएको वडा अध्यक्ष लक्ष्मण खत्री क्षेत्री (रामकाजी) ले बताउनुभयो ।
वडा नं ६ का वडा अध्यक्ष लक्ष्मण खत्री क्षेत्री (रामकाजी)  को अध्यक्षतामा भएको तीज गीत प्रतियोगितामा आमा समुहहरूले पालिकाको विकास, स्वास्थ्य, शिक्षाको क्षेत्रमा भएको प्रगति, समस्या  र देशको समसामयिक परिस्थितिलाई मौलिक लयमा प्रस्तुत गरेका थिए ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...