अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

संस्कृतिको संरक्षण गर्न भिरकोटमा मौलिक तीज गित प्रतियोगिता, बिहिबार वडा नंं ४ मा प्रतियोगिता

news

 
वालिङ, २२ भाद्र ।
परम्परागत संस्कृतिको संरक्षण गर्न स्याङ्जाको भीरकोटका वडा वडामा मौलिक तिजगित प्रतियोगिताहरु गरिएको छ । ९ वटा वडा रहेको नगरमा वडा हरेक दिन वडा तहमा प्रतियोगिताहरु सम्पन्न भएका हुन् ।  नगरपालिकाले तिज गितको मौलिकता संरक्षण गर्न वडा तहदेखि नगरस्तरीय सम्मको तिज गित प्रतियोगिताको आयोजना गरेको हो । विहिबार वडा नंं ४ मा प्रतियोगिता सम्पन्न भएको हो । वडा नं. ४ मा सम्पन्न प्रतियोगितामा शहनशिल आमा समुह प्रथम, विश्वकर्मा आमा समुह द्धितिय, उपकार आमा समुह तृतिय र कालीकोट आमा समुह सान्त्वना भएका छन् । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुने समुहले क्रमश १५ हजार, १० हजार, ५ हजार, २ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् । कार्यक्रममा नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले तिज गितको मौलिकताको संरक्षण तथा संर्वद्धन गरी महिलाहरुमा एकता कायम राख्न प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा उपप्रमुख भगवती अर्याल, पुर्व मन्त्री मेखलाल श्रेष्ठ, वडा अध्यक्षहरुलगायत जनप्रतिनिधि तथा पार्टीका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 
नगरपालिकाले निर्धारण गरेको समय तालिका २२ गते वडा नं ५  मा, २३ गते वडा नं ७ मा, २४  गते वडा नं  ३ मा, २५ गते वडा नं  २ मा, २६  गते वडा नं ९  मा , २७  गते वडा नं १  मा, २९  गते वडा नं ८   मा वडा स्तरीय मौलिक तीज गीत प्रतियोगिता हुनेछन् । असोज १ गतेको नगर स्तरीय तीज गीत प्रतियोगिता बयरघारीमा हुने र प्रतियोगितामा वडा तहमा प्रथम भएका आमा समुहले अनिवार्य सहभागिता जनाउनुपर्ने छ भने खुल्ला रुपमा अन्य आमा समुह तथा महिला समुहहरुले प्रतिष्पर्धा गर्नेछन् । नगरस्तरीय प्रतियोगितामा प्रथमले २५ हजार, द्धितियले १५ हजार, तृतियले १० हजार र सान्त्वनाले ५ हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन्। यसअघि बुधबार वडा नंं ६ मा प्रतियोगिता सम्पन्न भएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...