समाचार
नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी संघ स्याङ्जाको तर्दथ समिति गठन ः अध्यक्षमा भट्राई
रेडियो आँधीखोला
वालिङ, २२ भाद्र ।
नेपाली कांगे्रसको सुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी संघ स्याङ्जाको जिल्ला भेला सम्पन्न भएको छ । पार्टी कार्यालय स्याङ्जाको सभाहलमा जिल्लाका होटल व्यवसायीहरुको भेलाले कृष्णप्रसाद भट्राईको अध्यक्षतामा नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी संघ स्याङ्जाको तदर्थ समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा शिव पराजुली र निरजंग गोदार, सचिवमा विजय कोईराला, कोषाध्यक्षमा लिला थापा, सहसचिवमा नतिनकुमार श्रेष्ठ रहनुभएको छ भने सदस्यहरुमा सुरेश श्रेष्ठ, विष्णु काफ्ले, चित्रबहादुुर गुरुङ, चक्रपाणी पाण्डे, मोतिकृष्ण उपाध्याय रहनुभएको छ ।
त्यस्तै गण्डकी प्रदेश प्रतिनिधिमा ओमप्रकाश भटराई, लिला थापा र शिव पराजुली रहनुभएको छ । भेलाको उद्दघाटन गर्दै नेपाली कांगे्रसका कार्यबहाक जिल्ला सभापति केदार काफ्लेले होटल व्यवसायीहरुको हकहितका लागी गठित नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी संघले होटल व्यवसायीहरुलाई गोलबद्ध बनाएर अगाडि बढ्नुपर्ने बताउनुभयो । साना तथा मझौला उद्यमीको विकासले नै देशको अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत गर्ने भन्दै स्वस्छ प्रतिष्पर्धा गरी आर्थिक उपार्जन गर्नुपर्ने बताउनुभयो ।
होटल संघको हरेक सकरात्मक कार्यमा पार्टीले हातेमाला गर्दै अगाडि बढ्ने भन्दै सफा र स्वच्छ खानाहरु उपभोक्तालाई खुवाउने कर्तव्य होटलहरुको भएकाले होटलको समस्या र अधिकारका लागी पार्टी सँधै साथमा रहेको कार्यबहाक सभापति काफ्लेले बताउनुभयो । कार्यक्रम संघका केन्द्रिय अध्यक्ष लिलाप्रसाद ढकालको सभापतित्वमा सम्पन भएको थियो । कार्यक्रममा पार्टीका सचिव दामोदर लम्साल, सहसचिव धु्रवबन्धु पौडेल, महाधिवेसन प्रतिनिधि श्रीराम उपाध्याय, क्षेत्र नं. १ का सचिव मनोज मल्ल, संघका केन्द्रिय कोषाध्यक्ष देवराज नेपाललगायतको सहभागिता रहेको थियो ।