अहिले तरंगमा

Aandhikhola Khabar

केहि छिनमा

Songs & Add

समाचार

आज निजामती सेवा दिवस : सरकारले यसवर्ष पनि भेट्टाएन सर्वोत्कृष्ट कर्मचारी

news

 

भदौ २२, काठमाण्डाै - आज निजामती सेवा दिवस, ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा निजामती सेवा गठन भएको ६० वर्ष पूरा भए पनि २०६१ साल भदौ २२ गतेदेखि औपचारिकरूपमा यो दिवस मनाउन थालिएको हो ।

२०१३ साल भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको नेतृत्वको सरकारले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामती दिवस मनाउने गरिन्छ । अहिले झण्डै ८३ हजार निजामती कर्मचारी कार्यरत छन् । दिवसको अवसर पारेर सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज विभिन्न कार्यक्रम गर्दैछ ।

दिवसका अवसरमा प्रभातफेरी हुँदैछ भने निजामती कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरिनेछ । २०औँ निजामती सेवा दिवसका अवसरमा पुरस्कृत हुने ४० जना कर्मचारीहरूको नामावली सार्वजनिक भएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले निजामती सेवाका ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । तर सरकारले यसवर्ष पनि सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न भने सकेन ।

सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार एक जना, उत्कृष्ट निजामती सेवा पुरस्कार १० र निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गर्ने गरिएको छ । यसवर्ष १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जना कर्मचारीलाई निजामती सेवा पुरस्कारका लागि छनाेट गरिएको छ ।

उत्कृष्ट निजामती सेवा पुरस्कारका लागि धनकुटा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव बुद्धबहादुर गुरुङ, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव कविन्द्र नेपाल, रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्का, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव रामप्रसाद लम्साल, राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक ढुण्डीराज लामिछाने, मालपोत कार्यालय खाँदबारीका मालपोत अधिकृत चन्द्रप्रसाद मिश्र, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कम्प्युटर अधिकृत सुनिलकुमार केसी, कोष तथा लेखा नियन्त्रक कार्यालय मुगुका कोष नियन्त्रक लक्ष्मी कृष्ण हमाल र आन्तरिक राजश्व कार्यालय हेटौँडाका नायब सुब्बा शुभलक्ष्मी लामा छनोट हुनुभएको छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...