अहिले तरंगमा

Songs & Add

केहि छिनमा

Aandhikhola Khabar

समाचार

महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोटको फाइनलमा पुग्न थाइल्यान्डले नेपाललाई दियो १ सय ६ रनको लक्ष्य

news

 

 भदौ २२,  काठमाण्डाै - आईसीसी महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोटको फाइनलमा पुग्न थाइल्यान्डले नेपाललाई १ सय ६ रनको लक्ष्य दिएको छ । मलेसियाको बाङ्गीमा टस हारेर पहिला ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ५ रन बनायो ।

थाइल्यान्डका नानपाट खोन्चारोएनकाईले ६३ बलमा अविजित ५९ रनको अर्धशतकीय पारी खेलिन् । नट्थाकन चान्थम्ले ४५ बलमा ३१ रन बनाइन् । नेपालका कविता कुँवर र पूजा महतोले समान एक/एक विकेट लिए । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । आजको खेलमा नेपालले थाइल्यान्डलाई हराउन सकेमा पहिलो पटक ग्लोबल टी–२० छनोटमा पुग्नेछ ।

सन् २०१३ देखि शुरु भएको ग्लोबल छनोटमा एसिया क्षेत्रबाट थाइल्यान्ड र यूएईले खेल्दै आएका छन् । थाइल्यान्ड समूह ‘बी’ को विजेता र नेपाल समूह ‘ए’ को उपविजेताका रुपमा सेमिफाइनलमा पुगेका हुन् । अर्को सेमिफाइनलमा अहिले समूह ‘बी’ को उपविजेता हङकङ र समूह ‘ए’ को विजेता यूएई खेलिरहेका छन् । प्रतियोगिताको फाइनल खेल भोलि हुनेछ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...