समाचार
ढापुकमा कालिकादेवी मन्दिर तथा पब्लिक ब्याडमिण्टनको शिलान्यास
रेडियो आँधीखोला
वालिङ, २३ भाद्र ।
स्याङ्जाको भीरकोट ८ ढापुकमा कालिकादेवि मन्दिरको शिलान्यास गरिएको छ । मन्दिरको भीरकोट नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले शिलान्यास गर्दै मन्दिर निर्माणकालागि नगरपालिकाले सहयोग गरेको बताउनुभयो । कालिकादेवि मन्दिर धार्मिक आस्थाको स्थल भएकाले यसको संरक्षण, सम्बद्र्धनकालागि आवश्यक पहल गर्दै जाने प्रतिवद्धतासमेत जनाउनुभयो । उहाँले ढापुक फेदीदेखि पर्वत जोड्ने सडकको स्तरोन्नतिकालागि पहल गर्ने बताउनुभयो । उहाँले सोही अवसरमा आज पब्लिक ब्याडमिण्टन कोटको समेत शिलान्यास गर्नुभएको छ ।
कार्यक्रममा वडा अध्यक्ष नन्दलाल खनाल, नगर प्रवक्ता दिपेन्द्र केसी, नेपाली काँग्रेस भीरकोटका सभापति यामप्रसाद अधिकारी, समाजसेवी दलबहादुर गुरुङलगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष तिलबहादुर गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत कार्यपालिका सदस्य चित्रबहादुर राना भुजेलले र सञ्चालन मन्दिरको सहसचिव रिवनकुमार विश्वकर्माले गर्नुभएको थियो ।