समाचार
दहथुम क्याम्पसको १३ औं वार्षिक साधारणसभा
रेडियो आँधीखोला
वालिङ, २३ भाद्र ।
स्याङ्जाको भीरकोट नगरपालिका २ स्थित दहथुम बहुमुखी क्याम्पसको १३ औं वार्षिक साधारणसभा तथा तेस्रो अधिवशेबन सम्पन्न भएको छ ।
साधारणसभाको उद्घाटन गर्नुहुँदै भीरकोट नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले विद्यालयले यस क्षेत्रको शैक्षिक गतिविधिहरुलाई उचाईमा पु¥याएको बताउनुभयो ।
नगरपालिकाले गुणस्तरीय शिक्षामा जोड दिईएको बताउनुहुँदै यसको कार्यान्वयनमा सरोकारवाला पक्षहरुसँग सहयोगकालागि आग्रह गर्नुभयो ।
कार्यक्रममा क्याम्पसका संस्थापक अध्यक्ष खेम केसी, क्याम्पसका पूर्व अध्यक्ष प्रकाशमानसिंह थापा, सल्लाहकार समिति सदस्य तोयनाथ अर्याल, नेकपा एमाले जिल्ला सदस्य सन्तोष केसी, वडा नं. २ का वडा अध्यक्ष श्यामकाजी अधिकारी, वडा नं. ४ का वडा अध्यक्ष रत्नप्रकाश श्रेष्ठ, ७ का ताराप्रसाद अर्याल, ८ का नन्दलाल खनाल, पूर्व उपाध्यक्ष डोलराज ढुंगाना, नेपाली कांग्रेस भीरकोट नगरसभापति यामप्रसाद अधिकारीलगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष पिताम्बर श्रेष्ठ क्याम्पसको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने क्याम्पस प्रमुख नेत्रनारायण रेग्मीले शैक्षिक तथा आर्थिक गतिविधिकाबारेमा जानकारी गराउनुभएको थियो ।
क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष विश्वनाथ अर्यालको स्वागतसँगै शुरु भएको कार्यक्रम अध्यक्ष पिताम्बर श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियोभने सञ्चालन प्राध्यापक टोलप्रसाद रेग्मीले गर्नुभएको थियो ।
यसैबीच अधिवेशनले पाँच सदस्यीय सञ्चालक समिति गठन गरेको छ । पुनः पिताम्बर श्रेष्ठको अध्यक्षतामा सर्वसम्मतबाट समिति गठन गरिएको हो । उपाध्यक्षमा विश्वनाथ अर्याल, सदस्यहरुमा डोलराज केसी, सीता अधिकारी र तोयानारायण श्रेष्ठ रहनुभएको छ ।