अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

कर्मचारीका क्षेत्रमा स्याङ्जा जिल्ला अगाडि रहनु गर्वको कुरा हो ः मन्त्री तिवारी

news

 
रेडियो आँधीखोला
वालिङ, २३ भाद्र ।
गण्डकी प्रदेशका उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले शैक्षिक क्षेत्रमा स्याङ्जा जिल्ला अगाडि रहनु गर्वको कुरा भएको बताउनुभएको छ । गल्याङ नगरपालिकाले ५७ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा आज गल्याङमा आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै उहाँले स्याङ्जाको साक्षरता दर अगाडि रहेको र यसलाई जोगाई राख्नुपर्नेमा जोड दिनुभयो । नेपालका जुनसुकै कार्यालयमा पुग्दा पनि स्याङ्जाका कर्मचारीहरु भेटिनुहुन्छ, यो हाम्रालागि गौरवको विषय भएको बताउनुभयो ।
मन्त्री तिवारीले बौद्धिक सक्षमताले भरिपूर्ण रहेको शिक्षकहरुको अगाडि आफू केही सिकाउन नभै आशिर्वाद लिन आएको बताउदै सबैप्रती श्रद्धा पूर्वक सम्मान ब्यक्त गर्नु भएको थियो । उक्त अबसरमा उहाँले यो बर्गको हातमा सभ्य समाज निर्माणको तागत रहेकोले आफ्नो पेशामा प्रतिबद्ध भएर लाग्न अनुरोध समेत गर्नु भएको थियो ।
कार्यक्रममा नगर प्रमुख गुरुप्रसाद भट्टराईले अतिरिक्त क्रियाकलापको माध्यमबाट बिद्यार्थीमा रहेको अन्तर निहित क्षमताको बिकास गरि उनीहरुमा सकारात्मक उर्जा भर्दै उत्साहीत बनाउदै शैक्षिक प्रगतिका लागि थप क्रियशिल हुनुपर्ने बताउनुभयो ।
कुनैपनी क्षेत्रमा जस्तो सोच राखिन्छ त्यस्तै उपलब्धि प्राप्त हुने भएकोले सकारात्मक सोच राख्दै आफ्नो कर्ममा लाग्न सबैलाई अनुरोध गर्नुभयो । उहाँले शिक्षकहरुको असल कर्म र निरन्तरताले नै सभ्य समाज निर्माण हुने भएकोले त्यो दिशामा कर्तब्यनिष्ठ भएर लाग्न अनुरोध गर्दै शिक्षकहरुप्रती सम्मान ब्यक्त गर्नु भएको थियो । यस्तै नगर उपप्रमुख हेमा न्यौपानेले सभ्य समाज निर्माणमा लाग्न सबै शिक्षकहरुमा अनुरोध गर्नुभएको थियो । 
साक्षरता दिवसको सन्दर्भमा आयोजित नगर स्तरीय माध्यमिक तह हाजिरीजवाफ प्रतियोगिता, कबिता लेखन तथा वाचन प्रतियोगिता, नृत्य प्रतियोगिता र आधारभूत तह नृत्य साथै बक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको थियो । 
उत्त अबसरमा कक्षा ५ र ८ को उपलब्धि मापन परिक्षामा नगर प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थी , विद्यालय साथै उत्कृष्ट नम्बर आएका बिषय शिक्षक, प्रतियोगिताका बिजेता, लामो समय शिक्षण पेशामा रहि अवकास प्राप्त शिक्षक, बढुवा शिक्षक साथै आफ्नो पेशामा प्रतिबद्ध शिक्षक, कर्मचारी, शिशु सहयोगी कार्यकर्ता, बिब्यस अध्यक्षहरु, गल्याङ र मालुङ्गा बहुमुखी क्याम्पसका उत्कृष्ट विद्यार्थीहरु, कर्मचारी लगायतका ब्यक्तिहरुलाई दोसल्ला, सम्मान पत्र र नगद पुरस्कार सहित सम्मान गरिएको थियो । 
नगर शिक्षा समितिका अध्यक्ष एबम नगर प्रमुख भट्टराईको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रम कार्यक्रमको सञ्चालन शिक्षा,युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक  हिमाल भण्डारीले र स्वागत मन्तब्य शिक्षा शाखा प्रमुख केदारराज आचार्यले गर्नु भएको कार्यक्रमको धन्यवाद मन्तव्य गल्याङ नगरपालिका नगर शिक्षा समिति सदस्य द्रबेन्द्रदेब खनालले गर्नु भएको थियो । कार्यक्रममा नगरभित्रका सामुदायिक र सस्थागत बिधालयका सयौ शिक्षकहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...